काठमाडौँ, २६ फागुन । नेपाली काँग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
निर्वाचनमा खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गर्नुभएको थियो । निर्वाचन समितिका अनुसार खुलातर्फको मतगणनापछि क्रमशः अन्य पदको मतगणना गरिने छ ।
महाधिवेशनबाट पार्टीको सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भइसक्नुभएको छ । पदाधिकारीको परिणामले ३३ प्रतिशत महिलाको प्रतिनिधित्वसमेत सुनिश्चित गरेको छ ।
निर्वाचनमा आरक्षणतर्फ छ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रत्येका प्रदेशमा हुने दुई÷केन्द्रीय सदस्याका लागि प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सात जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुईका लागि १२, दलित तीनका लागि २०, दलित महिलातर्फ दुईका लागि पाँच, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जना उम्मेदवार मैदानमा हुनुहुन्छ । रासस
No comments:
Post a Comment