Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Wednesday, March 9, 2016
यस्तो छ वेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण तालिका
काठमाडौं, २६ फागुन । बेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लागेका राजकुमार ह्यारीकोे विस्तृत भ्रमण तालिका बेलायत सरकारले सार्वजनिक गरेको छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसर पारेर राजकुमार ह्यारीको आगामी चैत ६ देखि १० गतेसम्म नेपालको औपचारिक भ्रमण हुन लागेको हो ।
राजकुमार ह्यारी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले चैत ६ गते साँझ आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनेछन् । उक्त समारोहमा उनले मन्त्रिपरिषद्का सदस्य तथा वरिष्ठ सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित बेलायती राजदूतावासले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले चैत ७ गते राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटगर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् ।
नेपाल बसाइका क्रममा राजकुमार ह्यारीले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका साथै भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकहरुको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी लिनेछन् ।
त्यसैगरी, उनले भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्ति बालअस्पतालको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
उक्त दूतावासका अनुसार राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नेछन् भने पोखरास्थित गोर्खा सैनिक क्याम्प पुगेर बेलायती राजमुकुटका निम्ति आफ्नो प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गर्नेछन् । राजकुमारबाट हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।
त्यसैगरी, चैत १० गते राष्ट्रपति भण्डारी र राजकुमारबाट काठमाडौँमा आयोजना हुने बालिका सम्मेलनको संयुक्तरुपमा उद्घाटन हुनेछ ।
राजकुमार आफ्नो सम्मानमा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले आयोजना गर्नुुहुने स्वागत समारोहमा सरिक हुनुहुने र समारोहलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment