महोत्तरीको लक्ष्मीनिया बैरगिया गाउँमा भएको पारिवारीक विवादमा नव दुलहीले आफ्नै श्रीमान् को लिंग काटेकी छन् ।
सोमबार राति श्रीमतीसँग मनमुटाव भएपछि १८ वर्षीय अंसारी थरका युवकको लिंग काटिएको हो । उनीहरुको दुई साता अगाडिमात्रै विवाह भएको थियो ।
लिंग छेदनबाट रक्तामय बनेका युवकलाई उपचारका लागि भारतीय बजार सीतामढी लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे छानबिन भइरहेको जनाइएको छ ।
No comments:
Post a Comment