top_rightads

Follow me on Twitter

Wednesday, March 9, 2016

अध्यक्ष फुत्किँदा बादललाई महासचिव, वैद्यले बुझाए गोप्य डकुमेन्ट


काठमाडौं, २६ फागुन । एमाओवादी र बि माओवादी अर्थात्र मोहन वैद्य नेतृत्वको माओवादीबीच एकीकरणको हल्ला लामै समयदेखि चले पनि परिणाम भने शून्य देखिएपछि दुवै पक्षका नेताले एकीकृत पार्टी बनाउन अनेकौं उपाय खोजी जारी राखेका छन् ।एकीकरण एजेन्डा जहिल्यै भ्यागूताको धार्नी जस्तो बनेपछि पुष्पकमल दाहाल, वैद्य, रामबहादुर थापा बादलदेखि कृष्णबहादुर महरासम्मका नेताहरुले आन्तरिक कसरत जारी राखेका हुन् ।

 दुवै पक्षका नेता कार्यकर्ता झन् निराश बन्दै जाने स्थिति देखिएपछि पछिल्लो पटक भने उनीहरुले साँच्चै पार्टी एकताका सूत्रहरु फेला परेको महसुस गर्न थालेका छन् ।यसक्रममा दुवै पक्षबीच वैद्यलाई एकीकृत पार्टीको अध्यक्ष, दाहाललाई संसदीय दलको नेता बनाउनेदेखि बादललाई महासचिव बनाउनेसम्मको कुरामा केन्द्रित रहेर छलफल भएको बताइन्छ । 

एकीकरणका लागि गत बिहीबार मात्रै दाहालको पत्रको बुँदागत रुपमै वैद्यले जवाफी पत्राचार गरेपछि दुवै पक्षका नेता कार्यकर्ताहरु आशावादी बन्दै गएका हुन् ।
त्यसो त दुवै पार्टीका अध्यक्षले गत १ फागुन अर्थात् जनयुद्ध दिवसमै एकीकरण भइसक्ने बताउँदै आएका थिए । तर, वैद्यले तत्काल त्यसअनुसार तयारी नगर्दा टाढिएपछि दुवै पार्टीभित्र एकीकरण विरोधीहरुको खोजी हुन थालेको थियो ।

यही पृष्ठभूमिमा पछिल्लो पटक एमाओवादी अध्यक्ष दाहालले आफू संसदीय दलको नेता बनेर वेद्यलाई अध्यक्ष बनाउन तयार रहेको बताएलगत्तै बादललाई महासचिव बनाउनेसम्मका कुरा भएपछि भने दुई पार्टीबीचको एकीकरणले गति लिने लक्षण देखिएको स्रोतको दाबी छ । बुधबार साप्ताहिकमा समाचार  छ ।


No comments:

Post a Comment