काठमाडौँ ७ चैत- झन्डै सय जनाको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमण गर्दै छन् ।
ओलीले सातदिने चीनको भ्रमण गर्न लागेका हुन् । टोलीमा ३४ जना उद्योगी-व्यवसायी छन् । भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्री पत्नी राधिका शाक्य , प्रधानमन्त्रीका मुख्य सल्लाहका विष्णु रिमाल, सांसदहरु, मुख्यसचिव र विभिन्न मन्त्रालयका सचिवहरु चीन भ्रमणको टोलीमा रहेका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चैत ८ गते आफ्ना समकक्षी लीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् । प्रधानमन्त्री लीले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।
No comments:
Post a Comment