top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

होलीमा लोला हान्नेलाई एक वर्ष कैद !

काठमाडौँ ८ चैत - होली मनाउने मुडमा हुनुहुन्छ ? सचेत हुनुस कतै सार्वजनिक मुद्दाको फन्दामा पर्नु होला ।

होलीमा जबर्जस्ती  रंग हाल्ने,  लोला हान्ने र विकृत  गतिविधि गर्नेलाई १० हजार रुपैयाँ जरिवानादेखि १वर्षसम्मको   जेल सजाय हुने भएको छ। सुरक्षा कायम गर्न उपत्यकाका तीनवटै प्रहरी परिसरले ५ हजार सुरक्षाकर्मी परिचालन गर्ने जनाएका छन्।

महानगरीय ट्राफिक महाशाखाको संयोजकत्वमा होली पर्व विशेष एकीकृत सुरक्षा योजना बनाइएको छ। खुला रुपमा मद्यपान, धुम्रपानजस्ता विकृतिपूर्ण कायषर्् गर्नेलाई कारबाही गर्ने तीनवटै परिसर प्रमुखले जनाएका छन् ।



 ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले प्रत्येक चोकमा प्रहरीको मोबाइल टोली परिचालन गरिने बताए।

(कान्तिपुर दैनिकबाट)

No comments:

Post a Comment