चैत ८ । अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार क्युबा पुग्नुभएको छ । ऐतिहासिक भ्रमणका क्रममा उहाँ क्युबा पुग्नुभएको समाचारमा जनाइएको छ ।
गएको करिब आठ दशकछिको दुई देशबीचको सम्बन्धको नयाँ अध्याय सुरुगर्ने यो भ्रमणलाई अत्यन्तै महत्वका साथ हेरिएको बताइएको छ ।
शीतयुद्धताकादेखिकै सत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध पुनस्र्थापनास्वरुप गतवर्षदेखि विविध कार्यक्रम अघि सारिएको छ ।
यसअघि क्युबाको राजधानी हवानामा दुवै देशको झण्डा उठाएर सम्बन्धमा नयाँपनको सन्देश दिइएको थियो ।
यसअघि क्युबाको राजधानी हवानामा दुवै देशको झण्डा उठाएर सम्बन्धमा नयाँपनको सन्देश दिइएको थियो ।
आइतबार राष्ट्रपति ओबामा हवाना पुग्दा क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगोजले विशेष स्वागत गर्नुभएको थियो ।
अमेरिकी प्रथम महिला मिचेल ओबामाका साथै कैयौँ उच्च सरकारी अधिकारीहरुका साथ क्युबा पुग्नुभएका उहाँलाई क्युबाको मार्ती अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
उहाँ मार्ती विमानस्थलमा पुग्दा भारी मात्रामा वर्षा भइरहेकोले विमानबाट ओर्लिएपछि राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामालाई छाता ओढाइएका दृश्य टेलिभिजनहरुले देखाएका थिए ।
उहाँले आज पहिलो दिन हवाना भियजाको भ्रमण गर्नुहुने छ । उक्त सहरलाई पुरानो हवाना पनि भनिन्छ । विश्व सम्पदा सूचीमा सूचिकृत उक्त सहर क्युबाको एक प्रसिद्ध सांस्कृतिक सहर हो ।
उहाँसँग उहाँका दुई छोरी पनि हुनुहुन्छ । उहाँको परिवारले नै सो सहरको भ्रमण गर्दा उक्त सहरको ऐतिहासिक एवम् सांस्कृतिक रुपमा दुई देशबीचको सम्बन्धलाई मापन गरिने विश्लेषण गरिएको छ ।
सोमबार उहाँले क्युबाली राष्ट्रपतिसँग भेटवार्ता गर्नु अगावै उहाँले क्युबाली राष्ट्रपिताका रुपमा स्मरण गरिने जोसे मार्तीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गर्नुहुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति राउल क्यास्त्रोबीच पनि भेटवार्ताका कार्यक्रम छ । उहाँहरुबीचको वार्तापछि संयुक्त प्रेस विज्ञप्ति पनि जारी हुने कार्यक्रम रहेको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।
सोमबारै राष्ट्रपति ओबामाले हवानामा क्युबाली र अमेरिकी उद्यमी तथा व्यापारीहरुसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
सो अन्तरक्रियामा उहाँहरुबीच अमेरिका र क्युबाबीचको आर्थिक साझेदारिताको विकासका साथै लगानीका नयाँ नयाँ सम्भावनाहरुको बारेमा पनि छलफल हुने छ ।
अमेरिकी राष्ट्रपतिका रुपमा उहाँको यो भ्रमण सन् १९२८ पछि पहिलो पटक भएको हो । आधा शताब्दिभन्दा पनि लामो समयपछि भएको उहाँको यो भ्रमणका क्रममा महत्वपूर्ण विषयमा छलफल वा सम्झौताभन्दा पनि सम्बन्धको सुधारका क्षेत्रमा प्रगति हुने जनाइएको छ ।
सन् २०१४ को डिसेम्बरमा अमेरिकी राष्ट्रपति ओबामा र क्युबाली राष्ट्रपति क्यास्त्रोबीच सम्बन्धको सुधार गर्ने विषयमा सहमति भएको थियो । रासस÷एपी
No comments:
Post a Comment