काठमाडौँ १० चैत - साताको चौथो दिन आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ । सोमबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सयले घटेर प्रति तोला ५५ हजारमा कारोबार भई रहेको छ ।
मंगलबार होलीको सार्बजनिक बिदा परेकाले सुनचाँदीको कारोबार हुन् सकेको थिएन । त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चांदी व्यवसायी संघले आज बुधबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४७ हजार १ सय ५५ रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ९ सय ४० रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय ३० रुपैयाँ कायम गरेको छ।
No comments:
Post a Comment