भारतका किसान कर्मवीरले पालेको १६ सय केजी तौल भएको राँगोलाई युवराजको संज्ञा दिइएको छ ।
६ दशमलव ५ फिट लम्बाई भएको राँगोलाई करोडौँ रुपैयाँमा मूल्य खोजेपनि हालै ९ करोड रुपैयाँ सम्म मोलमोलाई गरीएको युवराजलाई कर्मवीरले बेचेनन् । युवराजलाई कर्मवीरले विभिन्न कृषी मेल र सम्मेलनमा लिएर पुगेका हुन्छन् ।
यो तस्विर भर्खरै दिल्लीमा सम्पन्न कषि उन्नत मेलाको अवसरमा खिचिएको हो जहाँ युवराजको पनि सहभागीता थियो । यसरी विभिन्न ठाउँमा पुर्याउँदा प्रत्येक वर्ष युवराजले ४० देखि ५० लाख रुपैयाँ आम्दानी गर्छ । जसको रेखदेख पनि युवराजकै शैलीमा हुन्छ । जस्ले हरेक दिन खानामा दुध, फल र सुक्खा मेवा लगायतका ओजनदार खुराक खाने गरेको बताइएको छ ।
- एजेन्सी
No comments:
Post a Comment