Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Monday, March 21, 2016
विश्व पानी र मौसम दिवसको अवसरमा सचेतना कार्यक्रम गरिने
चैत ८ । विश्व पानी दिवस र विश्व मौसम दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, जल तथा मौसमविद् समाज–नेपालद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा जलस्रोतको दिगो व्यवस्थापन र पानीको समग्र सदुपयोग गर्न अति आवश्यक भएकाले आम मानिसमा जनचेतना फैलाउन सप्ताव्यापी कार्यक्रमको आयोजना गर्न लागेको विज्ञान विभागका महानिर्देशक ऋृषिराम शर्माले बताउनुभयो ।
उहाँले मौसम तथा बाढीजस्ता दैवी प्रकोपका विषयमा आममानिसलाई सचेत गराउने उद्देश्यले उक्त दिवस मनाउन लागेकोे भन्दै मौसमको विषयमा पूर्वसूचना प्रणालीको विकास अझ वृहत्रुपमा गर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै जल तथा मौसमविद् समाज नेपालका अध्यक्ष जगतकुमार भुसालले नेपालमा जलस्रोतको विकास गरी जलविद्युत्को उत्पादन गर्ने सके युवाले रोजगारी पाउनुको साथै देशको आर्थिक विकास समृद्ध हुने विचार व्यक्त गर्नुभयो ।
विश्व पानी दिवस मार्च २२ र मौसम दिवस मार्च २३ मा विश्वभर मनाउने गरेको छ । दुई दिने उक्त दिवसमा ‘पानी र आजीविका’ ‘गर्मी खडेरी र झरी ः सामना गर्ने गरौँ तयारी’ भन्ने मूल नाराका साथ पानी र रोजगारसम्बन्धी सरोकार राख्ने समुदायलाई समेटेर वैज्ञानिक कार्यशाला, साइकल ¥याली, प्रभातफेरी, फोटो तथा भिडियो प्रर्दशनी गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । रासस
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment