-आस्था घिमिरे
जति दिन वित्यो उति ताजा बन्दा रहेछन् यादहरु । अनु र विमला ताजा यादका कारणहरु थिए । क्याम्पस प्रवेश गरेपछि पहिले आँखाले खोज्थ्यो विमला र अनु । त्यसैले होला पार्टीको कार्यक्रम छोडेर पनि क्याम्पस जान मन लाग्थ्यो । सधैँ जसो भ्याएसम्म मिलाएर क्याम्पस जान्थेँ । पार्टीको महत्वपूर्ण कार्यक्रम परेर कहिलकाहीँ नभ्याउँदा मन तिलमिलाउँथ्यो । बारबार फोनको सामना गर्न पथ्र्यो । अझै घुर्की, धम्की र हप्की खेप्नु पथ्र्यो । सकेसम्म नविराई क्याम्पस जान्थे । थाहानै भएनछ नङमासु जस्ता अभिन्न भएको । दशपन्द्र दिनको अन्तरालमै बर्षौँ पुराना जस्ता ।
प्रायजसो कक्षा छाडिन्थ्यो तीन जना भेट भएपछि । यस्तो लाग्छ जीवनमा कहिलेकाहिँ बरालिनु भनेको जीवनको आनन्दा लिनु पनि हो । जीन्दगीको मज्जा लिन पनि जान्नुपर्छ । आनन्दको लागि मान्छेहरु रक्सी पिउँछन् हामी घुम्छौँ । बरालियौँ हामी पनि ती दिनहरुमा । भृकुटी मण्डवको पानीपुरी र चटपटेसँगै । खेल्दै रोटेपिङ्ग । खाँदै आईसक्रिम । धेरैजसो आरआर क्याम्पसनेर पानीपुरी खान्थ्यौ । भृकुटीमण्डपको पुरानो कर्मचारी कार्यालयको अगाडि आईसक्रिम खान्थ्यौँ । पुस्तकालय आसपासमा रोटी र तरकारी खाएर काफी खुसी हुन्थ्यौँ ।
क्याम्पस चौरमा जम्मा भयौ एकदिन सबेरै । घुम्न निस्कने सल्लाह हुँदै थियो । सधैझै आजपनि छोडेर कक्षा ।“यसरी बरालिएर भएन है केटीहो ! पढ्नु पनि प¥यो । केटाकेटी जस्तै भयौ । विग्रने सम्भावना बढ्यो ।” मैले भने । “आजबाट हामीले केहि नयाँ काम सुरु गरौ न ? साँच्चै सधै बरालिएर मात्र भएन । ”विमलाले भनी । “के नयाँ काम गर्ने त ?”अनुले भनी । “नेपाली समाजमा प्रोस्टिचुसन समस्या किन बढ्दो छ भन्ने विषयमा अनुसन्धान थालौँ न । आखिर हाम्रो विषय पनि समाजशास्त्र नै हो । विषयलाई सर्पोट पनि हुने ।” विमलाले भनी । “हो विषय पनि मिल्ने स्टडी पनि हुने अनि नयाँ अनुभव पनि ।” मैले भने । “ लामो समयदेखि मलाई पनि यस विषयमा अध्ययन गर्न मन लागेको थियो ।” विमलाले भनी । “समाजले सबैभन्दा बढी घृणा गरेको पेशा र यो । यस्तो घृणीत पेशा किन अगाल्छन् हाम्रा दिदि बैनीहरु ? किन बाध्य हुन्छन् मान्छे ? आखिर बाध्यता होला की रहर ?खुबै चासो लागेको थियो मलाई यो विषयमा स्टडी गर्न ।”अनुले भनी ।
“यसको लागि हामीले उदय र दिलिपको सहयोग लिनुपर्छ ।” विमलाले भनी ।
“ उदय र दिलिप भनेका चाहीँ को हुन् नी ?” मैले भने । मैले यसो भनेपछि दुवैजना मुसुमुसु हाँसे ।
“हाम्रा प्यारा मान्छेहरु क्या । टच टु टच इन हट ।” हाँस्दै अनुले भनी । अलिकति लजाई पनि ।
“ए बुझे ल कति वर्ष भयो यस्तो भएको ?” मैले जिस्क्याउँदै सोधे ।
“ अठार महिना भयो ।” विमलाले भनी । त्यसपछि दुवैजना गजक्क भए ।
“जेखाजेखा त गजपकै रहेछ । कहाँबाट जु¥यो नी मौका ?” मैले सोधे । “एउटा कन्सर्टमा ।” अनुले भनी ।
हरिप लाग्यो केटीहरुको कुरो सुनेर । लभ जस्तो संवेदनशिल चिज यति छोटो समयमा । कन्र्सटमा भेट भएको रे । हुन त प्रेम भन्ने चीजनै यस्तै हो । अपत्यारीलो परिस्थितिबाट सुर हुने अनि अन्य पनि । अफिमको नशा लागेजस्तो लाग्छ फेरी मिलिक्कै छुटिसकेको हुन्छ । जायज हुन्छन्रे प्रेम र युद्धमा सबै चिज । होकी हैन थाहाछैन ? यस्ता कुरामा बोलेको भन्दा नबोलेकै बेस ।
अनुले फोन गरी दिलिप र उदयलाई । एकघण्टामा आईपुग्ने बताए । यो घण्टा राप र तापको घण्टा बन्यो । घाम तापेर राफ लियौ । सुरु भैहाल्यो उदय र दिलिपको प्रशंसा र बर्णन । राफ त ठिकै थियो प्रेमीहरुको बर्णन र प्रसंसाको तापले उकुसमुकुस बनायो । सुन्दा सुन्दा हैरान । पुरै एक घण्टा । यति लामो समय दुई केटाहरुको वर्णन र प्रसंसा । कलियुगको दुई छुचुन्द्राहरुले द्धवापर युगका श्रीकृष्ण भन्ने मान्छेलाई उछिन्यो सत्यवती गोपिनीहरु बनाउने सवालमा । सानो छँदा आमाको दुध कानमा परेर पाक्न लागेको कान । केटीहरुको कुराले झनै पाक्यो ।
धन्न फोन आयो । नत्र कति पाक्थ्यो होला कान ? भृकुटी मण्डब बोलाइयो । हतारीदै पुग्यौँ ।
अग्लो कद, गोरो अनुवार । ठूला र काला आँखा । आदि मंगोलिन आदि आर्यन चेहेरा । झट्ट हेर्दा मंगोलिन जस्तो लाग्ने तर आर्यनहरुको जस्तो स्वभाव । धेरै बोल्नुपर्ने । अनुले परिचय गराई । ऊसको नाम उदय रहेछ । अनुले मायाँ गर्ने उदय । भनौ मनको देवता ।
अर्को महाशय । विमलाको होनाहार प्रियतम् । चेहेराको बनोट उदयकै जस्तो । हल्का कालो । नाम रहेछ दिलिप । विमला र अनुले दुवैसँग परिचय गराए ।
“नमस्कार !” मैले दुवैलाई नमस्कार गरे । हातै जोडेर ।
मेरो सिरदेखि पाउसम्म नियाल्यो उसले चस्मा फुकालेर । अप्ठेरो मान्दै मुसुक्क हाँसे । केटाहरुले मस्किदै हेर्दिए पछि किचिक्क दाँत देखाउन पनि के कन्चुस्याई गर्नु । साँच्चै नचिनेका मान्छेसँग मुस्कानले गर्ने स्वगतपनि गज्जवकै हुँदो रहेछ ।
आँखाले आँखामा हेर्नु पनि प्रगाडताको पहिलो कदम रहेछ । किन हो कुन्नी उदयले गहिरोसँग नियाल्यो मलाई होइन मेरो आँखालाई ।
“ क्रान्तिकारी सङ्गठनमा हुनुहुन्छ हो तपाई ।” परिचय गर्ने साथै उदयले सोध्यो ।
“हजुर हो, तपाईले कसरी थाहा पाउनु भयो ?” मैले भने ।
“ राजनीतिमा चासो राख्ने मान्छे हुनी, म पनि अलिअलि ।” उदयले भन्यो ।
“हैन साथीलाई पनि के को तपाई तपाई नी तिमी भने हुँदैन ?” विमलाले भनी ।
“तिमी भनेको मन पर्छकी पर्दैन फेरी कमरेड पर्नुभयो ?” उदयले भन्यो ।
“किन मन नपर्नु ? तिमीनै भनौ न । मलाई पनि तिमीकै सम्बोधन मनपर्छ ।” विमलाले भनी ।
“हस् ! प्रगाडताको लागि मलाई पनि तिमीनै भनेको मनपर्छ ।” मैले भने ।
अडर गरेको कफि आइसकेको थियो । उदय र दिलिपले चुरोट सल्काए । विमला र अनुले पनि यसै गरे । मैले भने कफी मात्र लिएँ ।
“ अनि कमरेडको जिम्मेवारी चाहिँ के छनी अहिले ?” उदयले चुरोटको पहिलो सर्कोको धुवाँ उडाउँदै सोध्यो । उसको मुखबाट निस्किएको चुरोटको धुवाँ मतिर उडेर आयो । उकुस मुकुस भयो । खोक्न थाले । उदयले पानी खुवायो । बल्ल खोकी रोकियो । खोक्दा असरल्ल भएको कपाल मिलाईदिँदै किच्च ग¥यो उसले ।
“ कमरेड ! सुनिनौ जिम्मेवारी चाहिँ के हो भनेको ?” उदयले पहिलेकै प्रश्न सोध्यो ।
“म विद्यार्थी संगठनको केन्द्रिय कोषध्यक्ष छु ।” मैले भने ।
“माओवादी पनि अहिले त गनिसाध्यै छैन । कुन पार्टी प¥यो नी तिम्रो ड्यास कि क्यास ?” दिलिपले भन्यो ।
“ न ड्यास, न क्यास मेरो पार्टीको नाम नेकपा माओवादी हो ।” मैले भने ।
“आच्छा विप्लब । विचरो कान्छो भाइ ।” उदयले फेरी किच्च गर्दै भन्यो ।
सबै गल्ल हाँसे । सायद मलाई उडाए ।
“नेपालमा क्रान्ति गर्ने भनेकै विप्लवको पार्टीले हो, अरु पार्टीहरु सबै दलाली हुन् । ” दिलिपले भन्यो ।
गजक्क भए दिलिपको कुराले ।
“ गरे त हामी जस्ता लाखौ युवाहरु छौ उहाँको साथमा तर सक्दिैनन् उनले पनि क्रान्ति गर्न ।” उदयले भन्यो ।
“सक्छन् सक्दैनन् त्यो त समयले बताउला ।तर याद गर असम्भ केही छैन संसारमा । कि शहिद कि मुक्ति दुई विकल्प मात्र छन् हाम्रो अगाडि ।” मैले भने ।
“राम्रो गर हामी छौँ साथमा ।” उदयले भन्यो ।
किन हो कुन्नी प्रतिवाद गरेनन् । लाग्यो सबैले समर्थन गरे मेरो पार्टीलाई ।
कफि सकिएपछि ठमेल लाग्नेरे । विमला र अनुको हुकुम । योजना उनीहरुकै । सहयोगी मात्र हामी । कार्यक्षेत्र छुट्टयाएकी थिई विमाले । उदय र दिलिपले वातावरणलाई सहज बनाउने । भवितव्य परिआए जिम्मा लिने । मैले पुरै अन्तरवार्ता लिने । विमला र अनु बाहिर बसेर प्रत्यक्ष भिडियो खिच्ने ।
“हामीले भनेको मात्र गर है । नत्र योजना फेल हुन्छ ।” अनुले भनेकी थिई ।
टाउको हल्लाएका थियौँ सबैले ।
बाईक थन्क्याएर हिडेरै लाग्यौ ठमेरतिर । एक घण्टा भन्दा बढी गल्ली गल्ली डुल्यौ । त्यस्ता क्रियाकलापमा लागेका कोही मान्छे पत्ता लगाउन सकेनौँ । होटल पस्यो चिसो खायो निस्कियो । पैसा र समयको बर्बादी । थकित जस्ता भयौँ ।
“तिमी केटीहरु के नचाईदो प्लान बनाउँछौ यार । पछि लाग्नुछैन मलाई अब गर तिमीहरुनै ।” उदयले पसिना पुछ्दै भन्यो । ऊ झोक्नि थाल्यो ।
“अब एक पाईलो पनि हिड्न सक्दिन ।” दिलिपले भन्यो ।
“हैन कोषाध्यक्ष कमरेडलाई पनि यिनिहरुको बुद्धीमा हिड्न कहाँबाट जोस चल्यो भन्या ? अलि माक्र्सवादी तरिकाको स्टडी भएन है कमरेड ! ” उदयले भन्यो । म मुसुक्क हाँसे ।
“हो त नि कम्युनिष्टहरु त हरेक कुरालाई वैज्ञानिक स्टडी गर्छन् । माक्र्सवादी तरिकाले योजना बनाउँछन् र लेनिनवादी तरिकाले लागुगर्छन् । त्यसमा सफल हुन्छन् । यहाँको राजनीति फितलो भयो है कमरेड ।” उदयले फेरी थप्यो ।
यसको बदला पनि फेरी मुस्कानलेनै थिएँ । तरल मन भएका केटाहरुको मन चोर्न केटीहरुको हाँसोनै काफी । उदय मख्ख परिहाल्यो ।
उदय र दिलिप यति चाँडै निकट भए मानौ हाम्रो मित्रता धेरै वर्ष अगाडि देखि थियोे । लगभग दुईघण्टा घुम्दा हामी वर्षौ पुराना साथी जस्ता भयौँ ।
घन्टौसम्म पनि भनेजस्तो ठाउँ र मान्छे फेला परेनन् ।
“भाँडमा जाओस् तिमीहरुको स्टडी ।” दिलिपल जंङ्गीदै भन्यो । रिसले उसको अनुवार रातो रातो भएको थियो ।
यो सुनेर विमला र अनुले अनुवार चाउरी पारे । आजित भएर खाजा खानको लागि एउटा होटलमा प्रवेश ग¥यौँ ।
“मरेर लाग तिम्री आमाहरुको पछि । म त लागे अफिस तिर । नचाहिँदो योजना अलमलिने बाटो । थोडी काम नपाएर बसेका हौर हामी ?” उदय निमोठिन थाल्यो ।
“यसको लागि रात पर्न दिनुपर्छ । धैर्य गरन उदय । यति त मान न ।” अनुले भनी ।
रात पर्न दिने सल्ला हुँदै थियो । एक्कासी एक हुल मान्छेहरु होटलभित्र प्रवेश गरे । सबै केटीहरुनै थिए । त्यो समुह हाम्रो नजिक आयो । उनीहरुले कति छोटो र पातलो कपडा लगाएका थिए । नितम्ब, बक्षस्थल समेत सजिलै देख्न सकिन्थ्यो । विमलाले उदय र दिलिपसँग आँखाले कुरागरे । एकैछिनमा विमला र अनु बाहिर गए । म भने उनीहरुले भने अनुसारै अर्को टेबलमा गएर बसे । उदय र दिलिप त्यहि टेबलमा बसीरहे ।
कस्तो बाध्यता होला शरिर प्रदर्शन गर्नु ? कस्तो बाध्यता होला आफ्नै प्रीय शरिर बेच्नु ? स्याल गिद्धलाई रगत चुसाउनु जस्तै त होनी आफ्नो शरिर बेच्नु भनेको । कसका छोरी होलान् ? यिनिहरुको बाबा, आमा, दाजुभाइ छैनन् होला ? यो चन्चलता, निस्फ्रीकीको हाँसो । वास्थविक हाँसो होला त ? कि अभिनय मात्रै ? यति स्वच्छन्द किसिमले पहिरिएका पहिरनहरु आफ्ना खुसीका लागि होला त ? कि यो पनि अर्कैको लागि । बाहिर देखिने यो खुसीयाली पूर्ण र रङ्गीन संसार । कि यो पनि अभिनयनै हो त ? वास्थविकता के होला ? कति वाध्यताको आँसु लुकेको होला देखाबटी हाँसो भित्र ?
टेबलमा बसेर यिनै कुराहरु सोच्दै थिएँ । उत्सुकता जम्मिदै थियो मनमा, एकपछि अर्को गर्दै । भावना छचल्कन समेत खोज्दै थिए आँखामा । रमाई रमाई हास्दै रमाउँदै केटीहरु उदय र दिलिपको छेउमा पुगे । सबैजना गल्ल हास्दै बसे । शाग्लो शरिर, स्पष्ट देखिएका संवेदनशिल अंगहरु । उत्ताउलो हाँसो र हाँस्दा बारबार हल्लिएका छाती । पुरुष मन लोभिन थप केनै पो चाहियो र ? यसके आकर्षणले तानेर होला ? तीन चार जना लोग्ने मान्छेहरु सिनो फालेको ठाउमा स्याल झुम्मिए जस्तो झुरुप्प जम्मा भए । अरु जस्तै गरी उदय र लिलिप पनि उनीहरुको नजिक झुम्मिए ।
धेरै बोले । बुझ्न सकिन सबै । खसीको खुट्टाको मासुको झै मोलमोलाई सुने टाढाबाटै । दुःलाग्यो ।
“पाँच हजार ” पाँचवटी मध्यकी बीचकीले भनी । ऊ थसुल्ली मोटी देखिन्थी ।
“भैगो तीनै हजार ल ।” एउटा अधबैसे मान्छे बोल्यो ।
“हैन महंगी यस्तो छ किन विचार नगरेको ?” अर्की बोली ।
“हाम्रो मर्कालाई पनि बुझिदेऊन मैया । महंगी त हामीलाई पनि बढेको छ नी ।” उदयले भन्यो ।
“भैगो चारै हजार ल ।” नाक चुच्चो परेकी केटीले भनी ।
“तीन हजार भन्दा त मरेपनि दिदैनौ बरु अन्तै जान्छौँ ।” अर्को लोग्नेमान्छे बोलेको सुनियो ।
बीचकी मोटीले तीन हजारमै चित्त बुझाई । दिलिप केटी लिएर गैहाल्ने होकीे डर लाग्यो । तर त्यस्तो भएन । वार्तालाप पछि उदय र दिलिप बाहिरिए । मुस्किल पर्दै थियो अस्वभाविक वार्गेनिङ्ग पचाउन । लाग्दै थियो उदय र दिलिप सँगै निस्किदिऊ । फेरी सोचे आफु नेता पनि हो । सामान्य केटी मात्र होइन । चानचुने कहाँ होर ? जनयुद्ध लडेको क्रान्तिकारी नेता । क्रान्तिकारी भनेर खुबै गौरव गरेको सम्झिए । सामाजिक समस्या अध्ययन गर्नु कर्तव्य ठानेँ । मन दाह्रो बनाएँ ।
शंखा लाग्यो । पार्टीले थाहा पाउने होकी ? अन्यथा सोच्ने हो की ? उदुम आईलाग्ने हो की ? सोचेँ ज्ञानको खोजिमा लागेका मान्छले चुनौति उठाउन सक्नुपर्छ । बुझ्दैमा र पढ्दैमा त के नै होला र ? नेपाली महिलाको पीडाको तितो सत्यता कहाँ लुकेको छ र लुकाउँदैमा । उदाङ्गीएको छ समाजमा छरपस्ट भएर । विचरीहरु वाध्यताको सिकार भएकाहरुको जीवन । आफैले आफैलाई परिपक्व बनाए । सरासरी उनीहरु नजिकै गएँ ।
नजिक मात्र पुगेकी थिएँ । होटल हाताभित्र हल्लाखल्ला भयो । एकाएक प्रहरीहरु प्रवेश गरे । प¥यो फसाद । लाग्यो गिरफ्तारीमा परे भने ? हालत के होला मेरो ? भोली पार्टीमा के भनेर जवाफ दिने ? पार्टीको योजनामा पनि होइन । कत्तिन आफै जान्ने भएर नचाईदो काममा तम्सिएछु । मुटु धरर काम्न थाल्यो । पक्कै मलाई फसाए साथीहरुले । माओवादी कार्यकर्ता भनेर होला ? सुझ न बुझ अर्काको पछि लाग्नुपर्ने । कस्तो मुर्ख ? म नडुबे को डुब्नु ? आमाबाबाले पनि बचाउन सक्दिैनन् अब ।
मुटुको धड्कन बढ्यो । सरासर अगाडि बढे प्रहरीहरु । केटाकेटीलाई च्यापच्याप समाए । एउटी महिला प्रहरी अगाडि बढी म तिर । रामराम के हुन लाग्यो यो ? एक्कासी आईप¥यो यस्तो औदिको आपत् । निर्दयीहरुले नराम्रोसँग फसाए छन् । दायाँ हात तानेर घिच्याउँदै थसुल्ली प्रहरीले त्यही हुलमा मिसाई ।
“म त्यस्तो हैन मेडम ! स्टडी गर्न आएकी । पिके क्याम्पसबाट । समाजशास्त्रको विद्यार्थी हुँ ।” मैले झण्डै रुँदै भने ।
“जे सुकैको विद्यार्थी होस् की सीद्यार्थी होस् के मतलब हामीलाई ?” थसुल्लि महिला प्रहरीले भनी ।
के सुन्थे मेरा कुरा । घिच्याउँदै कोचीहाले गाडिमा । अलाप र विलाप गर्दै साथीहरुलाई खोजे ।
“उदय ! कता छौ ?” मैले उदयको नाम लिदै कराएँ ।
उदय हतार आएको देखेँ । निसास्सीदै चिच्याउन खोजे, आवाजै आएन । भावना पिलपिलाउन थाले ।
“नुपुर यता आउ यता ।” उसले भन्यो ।
“कसरी आउनु हेरन समातेको ।” मैले बरर आँखाबाट आसु झार्दै भने ।
उदय फोन लगाउँदै थियो । त्यही बेला जबरजस्ती फुत्किएर उदय भएतिर दौडन खोज्दै थिए । थसुल्ली प्रहरीले समातेर भ्यानमा कोचिहाली । उदय नआईपुगेको भए बर्बाद हुने रहेछ । गाडी हाँकीनै लाग्दा उदय आईपुग्यो । प्रहरीसँग कुरा गरेको सुने । बल्ल स्वास आयो ।
“यिनी हाम्री साथी हुन् । स्टडीको लागि आएकी । उनी पनि परिछन् । कृपया छोड्दीनोस् ।” उदयले भन्यो ।
मलाई छोडियो । थसुल्ली प्रहरी अझै छोड्न मानिरहेकी थिइन । फर्किएर बजाईदिउँ जस्तो लाग्दै थियो । तर बजाईन । नियन्त्रण गरे आफुलाई । आँखा मात्रै तरिदिएँ । उदयले मलाई पुलिसको पञ्जाबाट छुटायो । थ्याङ्स गड बल्ल बचियो । यस्तो काममा किन आउँथ र ? चेतबाबा भए । अलि पर विमला र अनु हाँसीरहेका थिए ।
“तिमीहरु बदमास्हरु ! कत्तिपनि बुद्धी छैन ? खाली यस्तै यस्तै काम मात्रै गर्छौ । ताल के हो हँ ? खुस्क्यो तार ? कस्सो फसिएन ।” मैले रिसाएर भने ।
“योजना बनाउन नजान्नेले त कामै न थाल्नुनी ।” फेरी झर्किदै भने । “सरी बाबा सरी ! ल हामी अब यस्तो कहिल्यै गर्दैनौ ।” विमलाले भनी । “हामीले पनि यस्तो हुन्छ भन्ने कहाँ सोचेका थियौँ र ?” अनुले भनी ।
“हैन के स्टडी गर्न खोजेका त तिमीहरुले यस्तो नाटक मन्चन गरेर ?” मैले भने । “यति नगरेको भए झण्डै मैयालाई लिएर होटला बुक गर्न जान परेको । ” दिलिपले भन्यो । “देखि हाल्यौ नी स्थिति कस्तो खतरा बनेर आईदियो ।” विमलाले अनुवार खुम्च्याउँदै भनी । “विचरीलाई निक्कैनै चोट परे जस्तो छ ? ल सबैले सरी भनिदेउ ।” उदयले भन्यो । “ सरी !”सबै जनाले कानमा हातले समाउँदै भने अनि मुसुमुसु हाँसे ।
चित्त बुझेको त हैन केटाकेटी शैली । एउटा कुरामा भने ढुक्क भएँ । फसाउने, धोका दिने नियत हैन रैछ । योजनालेनै हावा खाएपछि के गर्नु ? अनि आईलागेछ यस्तो आपत् ।
सबैले डिच्च दाँत देखाए । म भने हाँस्दै हासिन ।
“अब यस्तो केटाकेटी योजना कहिल्यै बनाउँदैनौ भनेर बाचा गर ।” मैले भने ।
“ केटाकेटी योजना कहिल्यै बनाउँदैनौ । अब मास्र्सवादी र वैज्ञानिक योजना मात्र बनाउँछौ । ” सबैले एकै स्वरमा भने ।
No comments:
Post a Comment