top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

न्यायाधीश नियुक्तिको सिफारिसमा विवाद :कानुनविद दुई धारमा विभाजित



काठमाडौँ, २७ फागुन । कानुनविद्हरु सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको सिफारिस पुनः न्यायपरिषद्मै फिर्ता गर्न सभामुख ओनसरी घर्तीमगरले पठाउनुभएको पत्रको पक्ष÷विपक्षमा उभिएका छन् । 

यहाँ आज आयोजित कार्यक्रमका वक्ताले देशको न्याय सम्बन्धमा राजनीतिक लाभहानिका कारण आफू अनुकूलको व्याख्या हुने गरेको भन्दै एकअर्कासँग प्रतिवाद गरेका हुन् । 

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले न्यायपरिषद्मा ४० प्रतिशत सदस्य रिक्त रहेको अवस्थामा ६० प्रतिशतले मात्र सिफारिस गर्नु गलत भएको बताउनुभयो । 

कानुनज्ञाता रामनारायण बिंडारीले सभामुखले लेखेको पत्रलाई कुनै राजनीतिक दलले लेखेको पत्र जसरी प्रचारप्रसार गरिएको गुनासो गर्दै न्यायपरिषद् कायम रहेकाले उहाँको कदम कानुनसम्मत भएको बताउनुभयो । 

न्यायपरिषद्का पूर्वसदस्य खेमनारायण ढुङ्गानाले यो समस्या संवैधानिक कारणले आएको बताउँदै संविधान संशोधन गरेर भए पनि तत्काल समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । 

संसदीय सुनुवाइ पक्रियाका लागि पठाइएको ११ जना न्यायधीशको सिफारिसलाई गत आइतबार सभामुख घर्तीले परिषद्मै फर्काउनुभएको थियो । रासस 

No comments:

Post a Comment