top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

एमाओवादीले महराको नेतृत्वमा संगठन विभाग बनाउने


६ चैत । एकीकृत नेकपा माओवादीले महासचिव कृष्णबहादुर महाराको नेतृत्वमा संगठन विभाग बनाउने निर्णय गरेको छ ।

एमाओवादी स्थायी समितिको शनिबार बसेको बैठकले प्रदेश इन्चार्जहरु रहने गरी संगठन विभाग बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

केहीबेरमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने  केन्द्रीय समितिको  बैठकमा  महासचिव महराको नेतृत्वमा संगठन विभाग बनाउने प्रस्ताव पेश हुने बताइएको छ ।

स्थायी समितिको बैठकले सचिव वर्षमान पुन अनन्तको नेतृृत्वमा विधान संशोधन सम्वन्धी कार्यदल बनाउने निर्णय समेत गरेको स्रोतको  भनाई छ ।

No comments:

Post a Comment