top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

वेलायती राजकुमार ह्यारी काठमाडौंमा


चैत ६।  बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आइपुग्नु भएको छ ।

कतार एअरवेजको विमानबाट राजकुमार ह्यारी, बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर सहित ३० जनाको टोली काठमाडौं आइपुगेको हो ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको अवसर पारेर बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी पहिलो पटक नेपाल भ्रमणमा आउनुभएको हो ।

राजकुमार ह्यारी काठमाडौको सोल्टीमोडमा रहेको होटल सोल्टीमा बस्नुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीबिच शनिबार नै शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्नुहुनेछ । उहाँले आइतबार नै भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका सम्पदाको अवलोकन गर्ने कार्यक्रम छ ।

No comments:

Post a Comment