६ चैत । ऐतिहासिक र धार्मिक महत्व बोकेको मिथिला क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
मिथिला दर्शन साप्ताहिक टेलिभिजन कार्यक्रमको एक वर्ष पुगेको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा कामु प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले जनकपुर र जानकी क्षेत्रको इतिहास लामो रहेकाले यसको सरंक्षण र सम्बद्र्धनका लागि लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मिथिला, लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथलगायतका धार्मिक सम्पदा देशको गहना हुन्, यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्छ ।”
लोक सेवा आयोगका सदस्य ब्रम्हदेव राईले मिथिलाको धर्म, कला, संस्कृति र संस्कारको बारेमा सञ्चार माध्यमबाट अझ बढी चिनाउनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रम प्रस्तोता वीरेन्द्र ठाकुर, नागरिक समाजका संयोजक निगम हुमागाइँ, नेपाल टेन्ट प्रालिका अध्यक्ष रत्नकुमार खेतान, सार्क फोरम नेपालका महासचिव सन्तोष घिमिरेलगायतले मिथिलाजस्ता ऐतिहासिक र धार्मिक महत्व बोकेका सम्पदाको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
रासस
No comments:
Post a Comment