Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Friday, March 18, 2016
स्थानीय निकाय बालमैत्री हुनुपर्नेमा जोड
५ चैत । स्थानीय निकाय बालमैत्री हुनुपर्नेमा सम्बद्ध क्षेत्रका व्यक्तिले जोड दिएका छन् ।
यहाँ आज मिरेस्ट नेपालले आयोजना गरेको छलफल कार्यक्रमका वक्ताले स्थानीय निकाय बालमैत्री नभए बालबालिकाका आधिकारको कार्यान्वयनमा प्रभावकारिता नआउने बताए ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मिराज पाण्डेले स्थानीय निकायको विकासमा स्थानीयस्तरमा गठित बाल क्लब, आमा समूह, वडा नागरिक मञ्च, सहकारी संस्थालगायतको सक्रियताले अभूतपूर्व नतिजा निकालेको उल्लेख गर्नुभयो ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले स्थानीय निकायलाई बालमैत्री बनाउने कुरा संविधानमा उल्लेख भए पनि व्यवहारमा ल्याउन अझ धेरै अभ्यासको आवश्यकता औँल्याउनुभयो ।
युनिसेफका बालमैत्री स्थानीय निकाय विभागका प्रमुख अञ्जली प्रधानले परिवारबाट बालबालिकालाई अलग बनाउने परम्परा बढ्दै गएकाले अबको कार्यक्रम त्यसलाई रोक्न केन्द्रित हुनुपर्ने बताउनुभयो ।
मिरेस्टका अध्यक्ष सुरेशप्रसाद आचार्यले नागरिक सरोकारले लोकतन्त्रलाई दिगो, भरपर्दो र उत्तरदायी बनाउने विचार राख्नुभयो । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment