top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

सडकको रुट परिवर्तन भएपछि स्थानीयवासी आक्रोसित



६ चैत । धौलागिरि अञ्चललाई सिद्धार्थ राजमार्गसँग जोड्ने छोटो सडकको रुपमा मानिने पर्वत जिल्लाको पुतलीखेत–कार्कीनेटा–कुश्मा सडक ‘रुट’ परिवर्तन गरिएपछी स्थानीय आक्रोसित भएका छन् ।

जिल्लाका जनप्रतिनिधिले नै सडकको रुट परिवर्तन गरी आफ्नो घर पु¥याउने योजना बनाएको थाहा पाएपछि स्थानीय आक्रोशित बनेका हुन् । 

छोटो दूरी तथा बैकल्पिक सडकको रुपमा लिएर काम सुरु भएको सो सडकलाई एकाएक राष्ट्रिय योजना आयोगले नाम नै परिवर्तन गरेर पठाएपछि निर्माण कार्य अन्योलमा परेको छ । 

पोखरा–बागलुङ राजमार्गको निर्माणसँगै अलपत्र परेको सो योजना कार्किनेटा–ठूलीपोखरी–पिपलटारी–पकुवा हुँदै कुश्मा जोड्ने गरी विगत एक दशकदेखि काम हुँदै आएको थियो । 

योजना आयोगबाटै रुट नै परिवर्तन गरी कार्किनेटा–शङ्करपोखरी–खानिगाउँ हुँदै कुश्मा सडक संशोधन भएपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।


आयोगले रातो किताबमा प्रकाशित गरेर बोलपत्र ९टेण्डर०समेत भइसकेपछि योजनाको रुट नै परिवर्तन भएर आएपछि सडक डिभिजन कार्यालय बागलुङका कर्मचारीसमेत अचम्भित बनेको बताउँछन् ।

 टेण्डर भइसकेपछि योजना संशोधन भएर आएपछि काम गर्नसमेत अन्योल भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख राजेश पौडेलले बताउनुभयो । “काम सुरु भएपछि संशोधन भएर आएको छ”–उहाँले भन्नुभयो, “धेरैपछि मात्रै संशोधन भएर चिठी आयो, काम अघि बढाउन अन्योल भएको छ ।” 

कार्किनेटा–ठूलीपोखरी हुँदै कुश्मा जाने सडक १४ किलोमिटर र शङ्करपोखरी–फलेवास सडक २४ किमी भन्दा लामो हुने भएकाले सो सडक सान्दर्भिक नभएको उहाँको तर्क छ । उहाँले छोटो सडक नै उपयुक्त हुने भएकाले जताको बाटो छोटो हुन्छ, त्यही सडक निर्माण गर्नुपर्ने बताउनुभयो । 

सोही सडकमा सडक विभागको केन्द्रबाट काम हुने गरी रु दुई करोड ५० लाखसमेत विनियोजन भई टेण्डरको प्रक्रियामा रहेको बताइएको छ । पोखरा–बागलुङ राजमार्गको विकल्प र धौलागिरिलाई सिद्धार्थ राजमार्गसँग जोड्ने एकमात्र छोटो सडक भएकाले ठूलीपोखरी हुँदै लैजानु उपयुक्त हुने उहाँको भनाइ छ । 

फलेवासलाई सडक सञ्जालसँग जोड्नका लागि छुट्टै योजना भएकाले कार्किनेटा–ठूलीपोखरी–कुस्मा सडकलाई प्रभावित गराउनु राम्रो नहुने स्थानीयको मत छ ।

 स्थानीयले तत्काल योजनालाई पुरानै ठाउँमा काम हुने वातावरण गराउन तथा रुट परिवर्तन सच्याउन माग गरेका छन् । स्थानीयले एक हजार २०० को हस्ताक्षर सङ्कलन गरेर स्थानीय प्रशासनका साथै राष्ट्रिय योजना आयोगमा बुझाउने तयारी गरिरहेका छन् । योजना पुरानै अवस्थामा काम नभए आन्दोलनमा उत्रिने स्थानीय भागिरथ तिवारीले बताउनुभयो । 

पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले योजनालाई प्रभावित गराउने काम नगरेको र जुन सडक गएपनि छोटो सडक आवश्यक भएकाले आफूले केही नगरेको प्रतिक्रिया दिनुभयो । रासस 

No comments:

Post a Comment