top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

लिपुलेकको विषयमा आधारित वृत्तचित्र ‘लिपुलेक यात्रा’ प्रदर्शन


६ चैत । नेपालको भूमि लिपुलेकको विषयमा तयार पारिएको वृत्तचित्र ‘लिपुलेक यात्रा’ आज प्रदर्शन गरिएको छ ।

अखिल (क्रान्तिकारी) को टोलीले गत साउन २२ देखि भदौ १ गतेसम्म लिपुलेकमा गरेको यात्रामा आधारित रहेर तयार पारिएको डकुमेन्ट्री ५७ मिनेटको रहेको छ ।

सोही यात्राको क्रममा झेल्नुपरेका समस्या, भिरालो बाटो, अनकन्टार क्षेत्र, सहभागीको अनुभूति वृत्तचित्रमा समेटिएका छन् ।

क्रान्तिकारीको सयजना भन्दा बढीको टोली काठमाडौँबाट साउन २२ गते लिपुलेकका लागि हिँडेकोमा २६ गते दार्चुला पुगेको थियो ।

क्रान्तिकारीका अध्यक्ष रत्न ढकालको नेतृत्वमा १८ जनाको टोली दार्चुला सदरमुकामबाट पाँच दिनको पैदल यात्रा गरी भदौ १ गते दार्चुलाको लिपुलेक पुगी नेपाली झण्डा फहराएकोे थियो ।


क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले प्रधानमन्त्रीको आइतबारबाट हुन लागेको चीन भ्रमणमा लिपुलेकको विषय उठाउन सुझाव दिने उद्देश्यले आज वृत्तचित्र प्रदर्शन गरिएको जानकारी दिनुभयो ।

नेकपा९क्रान्तिकारी माओवादी०का नेता रामबहादुर थापा, सिपी गजुरेल, प्रवक्ता पम्फा भुसाल, सीमाविद बुद्धिनारायण श्रेष्ठलगायतले आज सो वृत्तचित्र हेर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत जेठ १ गते चीन भ्रमणको क्रममा दुई देशबीच भएको सम्झौतामा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विस्तार गर्ने सम्झौता भएपछि त्यसको नेपालमा विरोध हुँदै आएको छ । रासस

No comments:

Post a Comment