६ चैत । सिन्धुपाल्चोकको भोटेचौर–७ मा रहेको एभरेष्ट चिया कम्पनी र होटल व्यवसायीबीचको विवाद अन्त्य भएको छ ।
बीस वर्षदेखि सञ्चालनमा रहेको सो चिया कम्पनीले प्राङ्गारिक चिया उत्पादन गर्ने भन्दै छ महिना अघिदेखि होटल व्यवयासी र पर्यटकलाई बगान प्रवेशमा रोक लगाएको थियो ।
इलाका प्रहरी कार्यालय मेलम्चीमा शुक्रबार चिया कम्पनी व्यवस्थापक, होटल व्यवसायी र विभिन्न राजनीतिक दलका प्रतिनिधिबीचको छलफलपछि बगान प्रवेशमा कुनै रोकतोक नगर्ने सहमति भएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले बताउनुभयो ।
यद्यपि, बगान प्रवेश गर्नेले सार्वजनिक बाटो प्रयोग गर्न पाउने भए पनि बगानभित्र घुमफिर गर्न भने नपाउने भएका छन् ।
त्यस्तै होटल व्यवसायीले पनि दुई पाङ्ग्रे सवारी साधन लिएर आफ्नो होटलसम्म निर्वाध रुपमा आवातजावत गर्न सक्नेछन् ।
चिया कम्पनीले बगान प्रवेशमा रोक लगाएपछि होटल व्यवसायी आक्रोशित हुँदै आएका थिए ।
नेपालको ‘मिनी इलाम’ भनेर चिनिने सो चिया बगान राजधानीबाट करिब ३० किमीको दूरीमा रहेको छ । चिया कम्पनी र होटल व्यवसायीबीचको विवादका कारण आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको थियो । रास
No comments:
Post a Comment