top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

ऐतिहासिक धार्मिक क्षेत्र विकासको लागि गुरूयोजना निर्माण


६ चैत । इलामको ऐतिहासिक नारायणस्थान मन्दिर क्षेत्र विकास गर्ने उद्देश्यले गुरूयोजना निर्माण प्रक्रिया अघि सारिएको छ ।

मन्दिर क्षेत्रको व्यापक विकास र विस्तार गर्ने उद्देश्यले नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले गुरूयोजना निर्माण गरेको हो ।

समितिले रू दुई करोड २७ लाख बराबरको भौतिक संरचनाअन्तर्गत गेस्टहाउस, छठ पोखरी, क्यान्टिन, जडीबुटी नर्सरी, पर्खाल निर्माण, सौर्यबत्ती जडान, मुख्यद्वार निर्माण गर्ने योजना अघि सारिएको समितिका सचिव दिवाकर भण्डारीले बताउनुभयो ।

संरचना निर्माणका लागि बजेटसहितको खाका प्रस्तुत गरिने र सरोकारवाला निकायसँग बजेटका लागि पहल थालिएको छ ।

नारायणस्थान मन्दिरलाई धार्मिक, पर्यटकीय गन्तव्यको रूपमा, पर्यावरण संरक्षणको नमुना, स्थानीय पानी स्रोतको संरक्षण र सम्बद्र्वन, सामाजिक सद्भाव कायम गर्ने मुख्य उद्देश्यले गुरूयोजना तयार पारिएको उहाँले बताउनुभयो ।


मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले विकासका पूर्वाधार निर्माण गर्दा गुरूयोजनालाई मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिंँदै गुरूयोजनाको प्राथमिकीकरण गर्नुपर्ने बताउनुभयो ।

इलाम सहयोग परिषद्का संयोजक राम रिमालले जिल्लाका जुनसुकै धार्मिक तथा पर्यटकीयस्थलको विकासका लागि गुरूयोजना आवश्यक रहेको र यसका लागि दाताको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment