६ चैत । एसियाली विकास बैंक (एडिबी) को रु ९८ लाख ८४ हजारको आर्थिक सहयोगमा कञ्चनपुरको कृष्णपुर–१ सुन्दरीफाँटामा लिफ्ट सिँचाइ उपआयोजना निर्माणको कार्य सुरु गरिएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार कृषि सडक विभाग ९डोलिडार०ले एसियाली विकास बैंकको सहयोगमा सामुदायिक सिँचाइ आयोजना निर्माणको कार्य सुरु गरेको हो ।
आर्थिक रुपले विपन्न र सामाजिकरुपमा पिछडिएका किसानको सिँचाइ सुविधामा पहुँच बढाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउन सिँचाइ आयोजना निर्माण भइरहेको सुन्दरीफाँटा जलउपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले बताउनुभयो ।
“वनहरा खोलाबाट कुलो निर्माण गरी ९० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उपआयोजनाको लक्ष्य रहेको छ” उहाँले भन्नुभयो । रु पाँच लाखको लागतमा सिँचाइ उपआयोजनाको पम्प राख्न भवन निर्माणको कार्य पूरा भएको छ ।
दुई वर्षभित्रै आयोजना निर्माण कार्य पूरा हुने अध्यक्ष चौधरीले बताउनुभयो । सिँचाइ आयोजना निर्माण भएपछि यस क्षेत्रमा बसोवास गर्ने झन्डै २०० बढी परिवार लाभान्वित हुने बताइएको छ ।
ठेक्का प्रक्रियाद्वारा निर्माण भइरहेको आयोजनाका लागि सिञ्चित गर्ने प्रतिहेक्टरका लागि एसियाली विकास बैंकले एक हजार ५०० अमेरिकी डलर प्रदान गर्ने सम्झौता भएको छ ।
साना सिँचाइ प्रणालीको निर्माण तथा पुनःस्थापना र भरपर्दो सिँचाइ प्रणालीको विकास गरी कृषिबाली सुधार र बाली सघनता बढाउँदै विपन्न समुदायको आर्थिक र सामाजिक अवस्थामा सुधार गरेर लैजाने आयोजनाको उद्देश्य रहेको छ ।
कञ्चनपुरमा एडिबीको सहयोगमा लिफ्ट सिँचाइ उपआयोजनाअन्तर्गत रु पाँच करोड पाँच लाख ८४ हजारको लागतमा १५ वटा उपआयोजना निर्माण भइरहेका छन् । रासस
No comments:
Post a Comment