top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

मुलुकलाई आर्थिक विकासमा अगाडि बढाउनु पर्छ : मन्त्री राई


६ चैत । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

‘संविधाननले गणतन्त्र, समावेशीता, धर्म निरपेक्षता, पहाड, तराई, हिमाल, दलित, महिला मधेसीलगायत सबैको अधिकार सुनिश्चित गरेको छ, अब यसको कार्यान्वयनसँगै राष्ट्र निर्माणमा लाग्नुपर्छ ।’–उहाँले भन्नुभयो ।

‘मोडर्न कन्या मल्टिपल कलेज’ वानेश्वरद्वारा आज यहाँ आयोजित ‘नागरिक शिक्षा र महिला अधिकार’ विषयक एक दिवसीय गोष्ठीमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री राईले संविधान कार्यान्वयनको सुरूवातसँगै मुलुकले पहिलो महिला राष्ट्रपति र सभामुख पाएको स्मरण गराउनुभयो ।

राजनीतिक स्थिरतासँगै, पुनःनिर्माण, आर्थिक विकास, सुशासन र सम्वृद्धि अबको सवाल हुनुपर्ने उहाँको भनाइ छ ।

एक फरक प्रशङ्गमा मन्त्री राईले भन्नुभयो,–‘एउटा देशको विरुद्धमा अर्को देशको कार्ड प्रयोग गर्ने हाम्रो उद्देश्य होइन, त्यस अर्थमा पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमण दुई देशबीचको आपसी विश्वास, समझदारी र सम्मानका आधारमा नयाँ उचाइमा पुग्ने छ ।’


नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद मीन विश्वकर्माले राज्यले लिङ्ग, जात, वा क्षेत्रका आधारमा कसैको पनि क्षमताको मापदण्ड निर्धारण गर्न नहुने बताउनुभयो ।

निर्वाचन आयोगका आयुक्त ईला शर्माले आजको २१ औँ शताव्दिमा समेत महिला भएकै कारण विभेद खप्नु दुःखको कुरा हो भन्नुभयो ।

मोडर्न कन्या मल्टिपल कलेज व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद दाहालले कलेजले हरेक वर्ष महिलाको विषयमा गोष्ठीको आयोजना गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा सो कलेजमा अध्ययनरत तुल्सी धामी र प्रेरणा खड्कालाई छात्रवृत्ति प्रदान गरिएको थियो । रासस

No comments:

Post a Comment