Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 19, 2016
बेलायती राजकुमार ह्यारी आज काठमाडौं आइपुग्दै
चैत ६ . बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणमा शनिबार काठमाडौँ आइपुग्दै हुनुहुन्छ ।
नेपाल र बेलायतबिच कुटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको अवसर पारेर बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी पहिलो पटक नेपाल भ्रमणमा आउन लाग्नु भएको होे ।
प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीबिच शनिबार नै शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्नुहुनेछ । उहाँले आइतबार नै भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका सम्पदाको अवलोकन गर्ने कार्यक्रम छ ।
यसक्रममा उहाँले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार स्क्वायरमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलको अवलोकन गरी भूकम्पबाट भएको क्षतिबारे जानकारी लिनुहुने छ ।
पर्वतीय पदयात्रामा सौखिन ३२ वर्षका राजकुमार ह्यारी सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जाने नेपालस्थित बेलायती दूतावासले जनाएको छ । पोखरा रहँदा उहाँले गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी गर्नुहुनेछ ।
भ्रमणका क्रममा राजकुमार ह्यारी नेपालमा पहिलो पटक आयोजना हुन लागेको बालिका सम्मेलनमा सहभागी हुुनुहुनेछ । यस्तै उहाँ बर्दिया राष्ट्रिय निकुञ्ज गएर अवलोकनका साथै खौराहा नदीमा जलयात्रामा गर्ने कार्यक्रम छ ।
सन् १८५२ मा प्रधानमन्त्री जङ्गबहादुर राणाबाट प्रारम्भ भएको उच्चस्तरीय नेपाल बेलायत भ्रमण आदानप्रदानले दुईदेशबिचको सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आएको छ । अहिलेसम्म नेपालबाट बेलायतको उच्चस्तरीय भ्रमणले पनि निरन्तरता पाउँदै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment