top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

संविधानले नेपालमा स्थायित्व ल्याउने चिनियाँ राष्ट्रपतिको विश्वास


८ चैत । चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालमा नयाँ संविधान बनेपछि अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्नुभएको  छ  ।

साताव्यापी चीन भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा टोलीसँग सोमबार अपरान्ह बेइजिङमा भएको संयुक्त भेटमा चिनियाँ राष्ट्रपतिले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

भेटमा प्रधानमन्त्री ओलीका साथमा नेपाली भ्रमण दलमा रहेका चारैजना मन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी भएको बताइएको छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले यो भ्रमणले  दुई देशको सम्बन्ध अझ प्रगाढ बनाएको प्रतिक्रिया दिनुभएको थियो ।

राष्ट्रपतिलाई भेट्नुपूर्व प्रधानमन्त्री ओलीले सोमबार बिहान प्रधानमन्त्री लि खछ्याङसँग भेटबार्ता गर्नुभएको थियो । सो अवसरमा नेपाल र चीनवीच विभिन्न १० वटा समझदारी पत्रहरुमा हस्ताक्षर भएको समेत भएको छ ।

No comments:

Post a Comment