Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Monday, March 21, 2016
पिपिआर रोगका कारण जाजरकोटमा २ सय बाख्रा मरे, स्थानीय चिन्तित
चैत ८ । जाजरकोटमा फैलिएको पिपिआर रोगका कारण २ सय वटा भन्दा धेरै बाख्रा मरेका छन् ।
प्रकोपका कारण भकाभक बाख्रा मर्न थालेपछि गाउँलेहरु निकै चिन्तामा परेका छन् । जिल्लाको ढिमेको खुर्पा प्राय सबै घरका पालिएका भेडा बाख्रा विरामी परेका छन् । प्रकोप फैलिने डरले छिमेकी गाउँका बासिन्दासमेत चिन्तित भएका छन् ।
बाख्राको टाउको सुनिने, र्याल काढ्ने, ज्वारो आउने लगायतका लक्ष्यण देखिने र त्यस्तो लक्ष्यण देखिएको एक दुई दिनमै बाख्रा मर्ने गरेको त्यहाँका स्थानीय दिपेन्द्रबहादुर सिंहले बताउनुभयो ।
गाविस सचिव र गाउँलेहरुको टोलीले जिल्ला पशु सेवा कार्यालयमा बाख्राको उपचार गर्न र रोगको रोकथामका लागि काम गर्न आग्रह गरेपनि सुनुवाई नभएको ललित रावलको गुनासो छ । यसअघि पनि गत भदौ–असोजमा पिपिआर रोगकै कारण ३ हजार बढी भेडाबाख्रा मरेका थिए ।
छिमेकी जिल्ला जुम्लावाट भित्रिएको पिपिआर रोग जाजरकोटमा नियन्त्रण नआउँदा किसानले नोक्सानी व्यहोर्दै आउनु परेको छ । जाजरकोटका किसानका लागि वाख्रा पालन व्यवसाय आर्यआर्जनको मुख्य स्रोतबन्दै आएको छ ।
जिल्ला पशु सेवा कार्यालय निमित्त कार्यालय प्रमुख कपिलप्रसाद उपाध्यायलेजिल्लामा पिपिआरविरुद्ध लगाउने भ्याक्सिन अभाव भएकोले उपचारमा समस्या परेको र थप आवश्यक औषधिको ब्यवस्थाका लागि सम्बन्धित निकायमा माग गरिसकेको जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment