कुनै बेला सेलिब्रेटी जस्तै बनेका बैंकर अनिल शाह अहिले भने दिनौं विवादित हुन थालेका छन् । उनी यतिसम्म विवादित हुँदै आएका छन् कि उनले आफ्नो ख्याति नमरोस् भनेर फेसबुकमा डलर तिरेर आफ्ना फ्यानहरु बढाईरहेका छन् । कहिले मेगा बैंकको सेक्स काण्ड, कहिले ८० करोड घोटालाको आरोप । अनिल शाहको ख्याति माटोमा मिलिरहेको छ । यस्ता छन् उनीसँग जोडिएका मेगा बैंकका काण्डहरु :
मेगा बैंकका अनिल शाहमाथि ८० करोड घोटालाको आरोप:
बैंकर अनिल शाह र चर्चा एक अर्कोका पर्यायवाचीजस्तै भइसकेका छन् । नेपाली बैंकरहरुमाझ सधैँ चर्चामा रहन चाहने व्यक्ति पनि शाह नै हुन् । विगतमा स्ट्यान्डर्ड चार्टर्ड, नबिल लगायतका बैंकहरुमा समेत काम गरेका शाह अहिले मेगा बैंकमा प्रमुख कार्यकारीको रुपमा रहेका छन् । वाणिज्य बैंकहरुमध्ये कान्छो वाणिज्य बैंककै रुपमा वित्तीय कारोबार सञ्चालन गर्दै आएको मेगाले सुरुवाती दिनमा प्रमुख कार्यकारी शाहकै निर्देशनमा मेगालाई पाँच तारे बैंकिङको रुपमा परिभाषित गरेको थियो । हलोदेखि हाइड्रोसम्म भनेर निकै तामझामका साथ आएको मेगाले खासै ठूलो आर्थिक उपलब्धि हासिल गर्नसकेको छैन । प्रमुख कार्यकारी शाह बैंकभन्दा पनि अन्य कुरामा नै बढी केन्द्रित रहने गरिपछि बैंकमा केही समस्या समेत उत्पन्न भएको छ । केही समयअघि एउटा ग्राहकको पैसा अर्कैको खातामा जम्मा गरेर भुक्तानी दिएको भन्दै एक जना पीडित ग्राहकले पत्रकार सम्मेलन नै गरेर मेगा बैंकको दादागिरी सार्वजनिक गरेका थिए । पछि उक्त घटनामा बैंकले पीडित ग्राहकलाई निक्षेप खातामा रहेको रकम फिर्ता गरेको थियो ।
अहिले मेगा बैंकको सञ्चालक समितिसँग व्यवस्थापन प्रमुखको नाताले प्रमुख कार्यकारी शाहको सम्बन्ध चिसिएको छ । यसको पछिल्लो उदाहरण केही समययता बैंकले गरेको वार्षिक उत्सव कार्यक्रममा प्रमुख कार्यकारी शाहको अनुपस्थिति रहनु पनि हो । बैंकले रविना देशराज श्रेष्ठलाई प्रमुखको रुपमा उभ्याउँदै वार्षिक उत्सव कार्यक्रम गरेको थियो भने यता प्रमुख कार्यकारी शाह भने अमेरिका भ्रमणमा रहेकाले कार्यक्रममा अनुपस्थित भएको हल्ला फैलाइएको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वि.सं. २०७४ को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले हाल कायम रहेको चुक्ता पुँजीलाई वृद्धि गरी आठ अर्ब रुपैयाँ पु¥याउने निर्देशन दिइसकेको छ । यो बीचमा थुपैै्र बैंकहरुले यसबारे प्रतिक्रिया दिएका छन् । विगतमा ‘मर्जर’लाई एउटा खल्तीको पैसा अर्को खल्तीमा राखेजस्तै हो भनेर प्रतिक्रिया दिँदै हिँड्ने बैंकर अनिल शाह अहिले मौन छन् । उनको यो मौनताको पछाडि अथवा भनौँ खुलेर बाहिर आउन नसक्नुको पछाडि थुपै्र कारणहरु रहेका छन् ।
स्रोतको अनुसार पछिल्लो समय प्रमुख कार्यकारी शाह र मेगा बैंकको सञ्चालक पक्षबीच विवाद उत्पन्न भएको छ । विवादको प्रमुख कारण भने त्यही हलोदेखि हाइड्रोसम्मको कर्जा नै रहेको स्रोतले भनेको छ । नेपालका ठूलै व्यक्तिको संलग्नता रहेको एउटा हाइड्रो पावर कम्पनीमा अनियमितरुपमा ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यो कर्जा अहिले उठ्ने सम्भावना न्यून भएपछि सञ्चालक तथा व्यवस्थापन पक्षबीचको दूरी बढेको स्रोतको भनाइ छ । सोही कर्जाको विषयलाई लिएर उत्पन्न भएको विवाद प्रमुख कार्यकारी शाहको राजीनामासम्मको अवस्थामा पुगेको दाबी समेत स्रोतले गरेको छ । तत्काल राजीनामा दिँदा पनि समस्या समाधान नहुने भएपछि सञ्चालक समितिसँग खटपट भए पनि प्रमुख कार्यकारी शाहले पद छोड्न नसकेको समेत स्रोतले बताएको छ । पछिल्लो समय प्रमुख कार्यकारी शाह बैंकमा पनि कम आउने गरेको र आएकै अवस्थामा पनि पनि ठूला वित्तीय कारोबारहरुमा अगाडि नदेखिने गरेको स्रोतको दाबी छ ।
मेगा बैंकमा सञ्चालक र सिईओको गोप्य कारोवार
आफैले पाँचतारे बैंंकको ब्राण्ड भिरेको मेगा बैंक नेपालभित्र कतिसम्म अनियमितता र संस्थागत कुशाशन चलिरहेको रहेछ भन्ने कुराको प्रमाण सेयर बजारले फेला पारेको छ । मेगा बैंकका सिईओ अनिल केशरी शाह र डिजिएम अनुपमा खुजेलीले बैंककै सञ्चालकको नाममा संस्थापक सेयरमा लगानी गरेर ६ बर्षदेखि जागिर खाइरहेका छन् । राष्ट्र बैंकले भर्खरै गरेको सुपरिवेक्षणको क्रममा मेगा बैंकभित्रको सो कर्तुत बाहिर आएको हो ।
मेगा बैंकका सिईओ अनिलकेशरी शाहले आफु नविल बैंक छाडेर मेगा बैंकमा नियुक्त लिनुअघि मेगा बैंक लाइसेन्स लिने प्रक्रियामै थियो । त्यसबेला मेगाका संस्थापकहरुले आफुले कबोल गरे बमोजिमको संस्थापक सेयरको रकम हाल्न नसकेको अवस्था थियो । अनिल आएपछी धेरैजसोले रकम हाले भने नहाल्नेको रकम कटाएर बैंकको पुँजी नै १७ करोड घटाईयो ।
सोही बेला अनिल शाहले बैंक खोल्ने तदर्थ समितिका संयोजक रहेका वर्तमान सञ्चालक डा. दुमन थापाको नाममा आफ्नो रकम सेयरवापत हालेका थिए । राष्ट्र बैंकमा पहिले निवेदन दर्ता गर्दा नै संस्थापकहरुको बिवरण बुझाईसकिएकाले शाहले आफ्नै नाममा सेयर हाल्न नपाएर डा. थापाको नाममा हालेका थिए । शाहले आफ्नै नाममा संस्थापक सेयर हाल्दा सिईओ बन्न नपाइने भयले पनि चलाखी गरेका थिए ।
सिईओ शाहको पैसा आफ्नो नाममा सेयरवापत हालेर डा. थापा मेगाको सबैभन्दा ठुलो सेयरधनी बनेका थिए । उनको नाममा मेगामा अहिले पनि २ लाख २० हजार कित्ता संस्थापक सेयर छ ।
तर, जब मेगाले लाभांश दिन थाल्यो उनीहरुबिच विवाद चर्कियो । डा. थापाले अनिलको रकमबाट हालेको सेयरको लाभांश समेत आफैले खाईदिए । जब संस्थापकहरुको खातामा लाभांश रकम गयो, दुमनले चेक काटेर अनिलको भाग दिएनन् । त्यसपछी अनिलले डा. दुमनको खाताबाट आफ्नो हिस्सा बराबरको रकम फ्रिज गरेर राखिदिए । त्यसपछी उनीहरुबिच निकै ठुलो विवाद चर्कियो ।
अनिल शाहलाई मेगामा लैजाने व्यक्ति डा. दुमन नै हुन् । नविल बैंकबाट अपमानजनक रुपमा निकालिनुअघि नै उनलाई ‘फेस सेभिङ’ गरेर सुरक्षित अवतरण गराउने काम दुमनले गरिदिएका थिए । त्यसपछीका दिनमा शाहले डा. दुमनकै ईशारामा सबै काम गरिरहेका थिए । ठुला कर्जाहरुमा कमिशनको भागबण्डा उनीहरु दुबैले धेरै लिन्थे अनि अरुलाई अलिअलि दिन्थे ।
तर, लाभांशको विवादपछी उनीहरुबिच मनमुटाब यति बढ्यो की शाहले दुमन थापालाई बैंकको बोर्डबाट हटाउन निकै कसरत गरे । जनता बैंकबाट डा. थापाले लिएको कर्जा नतिरेपछी कालोसुचीमा राख्ने प्रयास गरेर उनले थापालाई हटाउन खोजेका थिए । शाहको यो प्रयासमा अन्य सञ्चालकहरुले पनि साथ दिएका थिए ।
लाभांश रकम ट्रान्सफर
मेगा बैंकमा रहेको दुमन थापाको नाममा रहेको २ लाख कित्ताभन्दा बढी संस्थापक सेयरमध्ये १ करोड रुपैंया अर्थात १ लाख कित्ता सेयर अनिलकेशरी शाहको भएको बैंक स्रोतले जनाएको छ । शाहले आन्तरिक रुपमा कागज गरेर डा. थापाको नाममा सेयर हालेका हुन् । सोही कारण बैंकले दिने लाभांश पनि थापाले उनको हिस्सा अनुसार शाहलाई दिनुपथ्र्यो । डा. थापाले लाभांश रकमको हिस्सा स्वभाविक रुपमा नदिएपछी सिईओ शाहले बैंकमा रहेको थापाको खाताबाट आफ्नो खातामा रकम ट्रान्सफर गरेको पाइएको छ ।
डिसेम्बर १४, २०११ को मितिमा डा. थापाको बैंक खाताबाट १० लाख रुपैंया सिइओ शाहको खातामा जम्मा भएको देखिएको छ । त्यस्तै सेप्टेम्बर १०, २०१४ मा डिजिएम अनुपमा खुजेलीले सञ्चालक गोपाल खनालको खाताबाट एकलाख ५० हजार रुपैंया आफ्नो खातामा सारेको देखिन्छ ।
केही समयअघि मात्र राष्ट्र बैंकले यी दुई सञ्चालकको खातामा भएको शंकास्पद कारोवारको अनुसन्धान गरेको थियो । मेगाका यी दुई सञ्चालकहरुले उच्च व्यवस्थापनसग मिलेर व्यक्तिगत लाभ लिने गरेको पाइएको राष्ट्र बैंकले गरेको निरिक्षण प्रतिवेदनमा उल्लेख छ । दुईजना सञ्चालकको अलावा बैंकीङ कसुरमा जेल परेर हाल धरौटीमा छुटेका प्रवन्धक शम्भु थापासमेतसंग मिलेमतो रहेको समेत देखिएको प्रतिवेदनमा भनिएको छ, ‘बैंकका सञ्चालकहरु डा. थापा र उनको हस्ताक्षरबाट सञ्चालन हुने खाता तथा सञ्चालक गोपाल खनाल र उनी सम्बन्धित फर्महरुको खाताहरुमा भएको कारोवार असामान्य रुपमा उनीहरुको व्यवशायीक प्रकृति अनुसार मेल नखाने र अत्यधिक मात्रामा कारोवार हुने देखिएको छ ।’
राष्ट्र बैंकले यस बिषयमा अनुसन्धान गर्दा जवाफमा सञ्चालक थापाले सो रकम आफुले सेयरको लाभांशवापत भुक्तानी दिएको जवाफ दिएको भए पनि शाहले भने आफ्नो व्यक्तिगत कारोवार भएको लिखित जवाफ राष्ट्र बैंकमा पेश गरेका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाको नेतृत्वमा आएको सुपरिवेक्षण टोलीले अनुसन्धान गरेकोमा सन्चालक थापाले निरौलास“गको आफ्नो व्यक्तिगत सम्बन्धलाई क्यास गर्दै यसमा कारवाही हुनबाट बचेका हुन् ।
सिईओ र डिजिएमको बैंक सञ्चालकहरुसंग व्यक्तिगत कारोवार हुनु र त्यो पनि खाताबाट सिधै रकम ट्रान्सफर हुनुलाई कर्पोरेट गभर्नेन्सको बिषयबाट गम्भीर अपराधको रुपमा लिने गरिन्छ । यसअघि यस्तै बिषयमा राष्ट्र बैंकले केही सिईओ र सञ्चालकमाथि कारवाही समेत गरिसकेको छ । तर मेगामा भने कार्यकारी निर्देशक निरौलाका कारण छुट दिइएको राष्ट्र बैंकको कर्मचारीहरु बताउ“छन् ।
१ प्रतिशतभन्दा बढी संस्थापक सेयर भएको व्यक्तिले बैंकमा कुनै पनि पारश्रमिक पाउने गरी काम गर्न मिल्दैन । अझ सिईओ पदमा त सेयरहोल्डरलाई बस्नको लागि राष्ट्र बैंकले पछिल्लो समय लगभग प्रतिबन्ध नै लगाइसकेको छ । यस्तो अवस्थामा घुमाउरो तरिकाबाट बैंक सन्चालककै नामबाट संस्थापक सेयरमा लगानी गरी सिईओ बनिरहेका शाहलाई राष्ट्र बैंकले कारवाही गर्न आनाकानी गरिरहेको छ । जबकी दुमन थापाको नाममा रहेको आधा सेयर सिईओ शाहको भएको चर्चा बैंक स्थापना भएदेखि नै थियो ।
डेपुटी सिईओको नाटक
मेगा बैंक सञ्चालनमा आएको ६ बर्षसम्म पनि डेपुटी सिईओ नियुक्त गरेको छैन । बैंक स्थापनाअघि नै एकैपटक ३ जना महाप्रवन्धक नियुक्त गरेर राष्ट्र बैंकको स्पष्टिकरण खाएको मेगाले पछी उनीहरु तिनैजनालाई डिजिएम बनाएको थियो । त्यसमध्ये एकजना गोविन्द गुरुङ सिभिल बैंकको डेपुटी बन्न गैसकेका छन् भने २ जनामध्ये अनुपमा खुजेलीलाई बरिष्ठ र रविना देशराज श्रेष्ठलाई दोस्रो नम्बरमा डिजिएम बनाइएको छ ।
पछिल्लो एकबर्षको अवधीमा १० पटक अनिल शाहले बिदा लिएका छन् । तर, रविना देशराज श्रेष्ठ र अनुपमा खुजेलीलाई आफु अनुकुल ५/५ पटक निमित्त सिईओ दिएर गएका छन् । जबकी निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी आफु अनुकुलको व्यक्तिलाई मनलाग्दी दिन पाइदैन । आफुभन्दा तत्काल मुनि तहको व्यक्तिलाई दिने भए पनि उही समान पदको भएको भन्दै सिईओ शाहले दुबैजनालाई पालैपालो घुमाएर आफु विदामा बसी अनुकुलको निर्णय गराउने गरेका हुन् ।
राष्ट्र बैंकको निर्देशिकामा ‘डिजिएम तहभन्दा मुनिको कर्मचारी नियुक्ती गर्दा नायब कार्यकारी प्रमुखको संयोजकत्वमा गठित पदपुर्ती समितिको शिफारिशमा कार्यकारी प्रमुखले गर्नेछ’ भनेर लेखिएको भए पनि मेगामा हालसम्म कुनै व्यक्तिलाई नायब कार्यकारी प्रमुख बनाइएको छैन । दोस्रो बरियताको कर्मचारीको रुपमा अनुपमा खुजेली रहेको र उनैको संयोजकत्वमा ४ सदस्यीय पदपुर्ती समिति गठन गरिएको छ ।
तर, दोस्रो बरियतामा उपमहाप्रबन्धक खुजेलीलाई राखिएको भए पनि उनलाई सिईओ बिदामा बस्दा निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिइने गरिएको छैन । एक दुई दिनको लागि र सामान्य अवस्थामा काम नभएको बेला खुजेलीलाई निमित्त दिइने गरेको भए पनि महत्वपूर्ण काम भएको बेला रविना देशराज श्रेष्ठलाई निमित्त दिइने गरिएको छ । व्यवस्थापकीय तहका एक कर्मचारीका अनुसार शाहले ठुला कर्जासम्बन्धी निर्णय गराउनुपर्दा आफु विदामा बस्ने र रविनालाई निमित्त दिएर उनैमार्फत निर्णय गराउने गरेका छन् ।
मेगामा १० करोडसम्मको कर्जा सिईओको निर्णयमा दिन सकिन्छ । यस्ता कर्जाबारे बोर्डलाई समेत जानकारी हुन्न । यसैले पनि शाहले कतिपय कर्जामा रविनालाई उपयोग गरी आफुले व्यक्तिगत फाईदा लिइरहेको स्रोतको दाबी छ ।
बिना काम लाखौं भत्ता
डेपुटी सिईओ नियुक्ती गर्ने भन्दै मेगा बैंकमा बैठक बसेर लाखौं रकम पचाउने काम मात्र भएको छ । राष्ट्र बैंकले बनाएको नियम अनुसार कुनै पनि बैंक तथा वित्तिय संस्थामा डेपुटी सिईओ नियुक्ती सिईओको शिफारिशमा सन्चालक समितिले गर्दछ । राष्ट्र बैंकको ई.प्रा. निर्देशा नं. ५ (१) ज मा सोको व्यवस्था छ । तर मेगा बैंक भने यस्तो बैंक निस्केको छ की उसले डेपुटी सिईओ नियुक्तीका लागि अनेकन ढर्रा गर्दै लाखौं रकम हिनामिना समेत गरेको छ ।
नियमविपरित मेगामा डेपुटी सिईओ नियुक्तीका लागि सन्चालक दुमन थापाको संयोजकत्वमा ६ जना सञ्चालक रहेको समिति नै बनाएको थियो । बोर्डमा रहेकामध्ये बैंक अध्यक्ष र एकजना पव्लिक सञ्चालकबाहेक बोर्डका सबै सञ्चालक रहेको कमिटी बनाएर डेपुटी सिईओका लागि बार्गेनिङ शुरु गरिएको थियो । बैंकमा दोस्रो बरियतामा रहेका अनुपमा खुजेलीलाई डेपुटी दिने र नदिने भन्दै केही सन्चालकहरु बार्गेनिङ गरेको बिषय समेत बाहिर आएको थियो । त्यसैक्रममा खुला प्रतिस्पर्धाको रुपमा बिज्ञापन गर्नेदेखि लिएर त्यो कमिटीले पनि अर्को कमिटी बनाएर अन्तवार्ता लिएर शिफारिश गर्ने जिम्मेवारी दिएको थियो । जसमा डा. थापासहित २ जना सन्चालक र अन्य २ जना अर्थशास्त्री सहित ५ जनाको अन्तवार्ता समिति बनाएको थियो । पटक पटक बैठक बसेर यो समितिले लाखौं भत्ता खाएको थियो । तर, २०७१ साउनमा गठन भएको सो समितिले १ बर्षभन्दा बढी समय काम गर्दा पनि अहिलेसम्म मेगामा डेपुटी सिईओ नियुक्त गर्न सकेको छैन ।
डेपुटी सिईओ नियुक्त नगर्ने बिषयमा सिईओ अनिल शाहको भुमिका शंकास्पद् देखिएको सो समितिका एक सदस्यले बताए । बोर्डलाई उपयोग गर्ने र अन्तिममा आफ्नो अधिकार भन्दै निर्णय हुन नदिने उनको ट्रिक रहेको कुरा आफुले पछी मात्र बुझेको उनले बताए । ‘हामीलाई डेपुटी सिईओ नियुक्ती गर्ने कमिटीमा राखेर अनेक काम गराएर मुर्ख बनाएछन्’, ति सञ्चालकले यसैसाता सेयर बजारसग भने ।
ति सन्चालकका अनुसार हाल २ जना महिला डिजिएममध्ये आफु अनुकुलको काम गराउनको लागि जो मन लाग्यो उसैलाई निमित्त दिएर काम लिन पाइरहेको अवस्थामा शाहले डेपुटी सिईओ नियुक्त भएको खण्डमा आफ्नो अधिकार कम हुने र उसले पनि आफुलाई नटेर्ने भएकाले नियुक्ती गर्नबाट घुमाएर रोकीरहेका छन् ।
मेगा बैंकमा सेक्सकाण्ड
मेगा बैंक लिमिटेडका मुख्य शाखाका प्रवन्धक शम्भुबहादुर थापाले त्यहाका केही महिला कर्मचारीहरुमाथि यौन हिंसा (सेक्सुअल भ्वाईलेन्स) गरेको भन्दै बैंकमा लिखित उजुरी परेको १० महिना बितेको छ । तर बैंकले हालसम्म ति कर्मचारीमाथि कुनै कारवाही गरेको छैन ।
बैंकमा कार्यरत बिभिन्न महिला कर्मचारीहरुमाथि यौनहिंसा गरेको बिषयमा महिला कर्मचारीहरुले उनीबिरुद्ध व्यवस्थापनमा उजुरी दिएका थिए । सो उजुरीबारे बैंकका कार्यकारी प्रमुख अनिलकेशरी शाह आफैले सिधै सुनुवाई गरेका थिए ।
प्रबन्धक थापाले ‘आफुले ति महिला कर्मचारीहरुमाथि यौनहिंसा नगरेको र मेगा बैंकमा यस्तो कुरा सामान्य मानिने गरेको’ तर्कसहितको जवाफ दिएका थिए । मेगा बैंकमा उच्च व्यवस्थापनमै रहेका व्यक्तिहरुको बिषयमा यस्तो कुरा पटक पटक उठ्ने गरेको छ । तर, लिखित उजुरी नै परेको सो बिषयमा सिईओ शाहले २७ जनवरी २०१५ को मितिमा मेमो उठाएर प्रवन्धक थापालाई बर्खास्त गर्न शिफारिश गरेका थिए । जबकी नियमावली अनुसार त्यस्तो काण्डमा सिधै बर्खास्त गर्नसक्ने अधिकार सिईओलाई नै छ ।
तर, सिईओ शाहले आफुले बर्खास्त नगरी सञ्चालक समितिलाई बर्खास्त गर्न शिफारिश गरेका थिए । त्यसपछी बसेको सञ्चालक समितिको बैठकमा उनलाई ‘सेक्युअल ह्यारेसमेन्ट’को अभियोगमा दोषी ठहर गर्दै बर्खास्त गर्ने एजेन्डा पेश भएको भए पनि बोर्ड बैठकले केही गरेन । जबकी कुनै कर्मचारीमाथि कारवाही गर्ने/नगर्ने बिषय बोर्डको अधिकारक्षेत्रको बिषय नै होईन । सिईओले नै कारवाही गर्नसक्ने पूर्ण अधिकार हुँदाहुँदै सिईओ शाहले आफु बच्नको लागि बोर्डलाई पन्छाएका थिए ।
मेगा बैंकमा महिला कर्मचारीहरु धेरै रहेको र त्यहाका माथिल्ला तहका पुरुष कर्मचारीहरुले महिलामाथि कुदृष्टी राखेको र यौनहिंसा गरेको कुरा बारम्बार बाहिर आउने गरेको छ । सो बैंकमा तल्ला तहका महिला कर्मचारीहरु आफु असुरक्षित रहेको बताउने गर्छन् । राम्रो अवसर, भनेको शाखामा सरुवा र प्रमोशनको लागि उनीहरुले राखेको अनुचित प्रस्ताव समेत स्विकार गर्नुपर्ने बाध्यतामा रहेको महिला कर्मचारीहरुको गुनासो छ । तर, लामो समयसम्म पीडित महिलाहरुले लिखित उजुरी भने गरेका थिएनन् । अति भएपछी केहीले उजुरी दिएका हुन् । पीडित महिलाको गोपनियताको हक सुृरक्षित गर्दै हामीले उनको नाम सार्वजनिक गरेका छैनौं ।
शम्भु थापाको हकमा बैंकमा लिखित उजुरी नै परेर छानवीन समेत भएको थियो । तर, सिईओ शाहले आफ्नो धेरैजसो अनुचित काम र रकम लेनदेनको काम उनै थापामार्फत गराउने गरेका कारण थापालाई उनको कमजोरी समेत थाहा थियो । सोही कारण शाहले बर्खास्त गरे आफुले पनि शाहको कर्तुत खोलिदिने धम्की थापाले दिएका थिए । सोही कारण डराएर शाहले आफ्नो अधिकारक्षेत्रभित्रको बिषय समेत मेमो उठाएर बोर्डमा पठाएका हुन् । तर, बोर्डले यसबारे छलफल गरेको भए पनि कुनै निर्णय नगरी था“ती राखेको छ ।
यतिखेर यो बिषय राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले मेगा बैंकमा भएको सेक्सुअल ह्यारेस्समेन्ट काण्डमा किन कारवाही नभएको हो ? भन्दै बैंकलाई स्पष्टिकरण समेत सोधेको छ । तर, बैंकले भने सो काण्डमा मुछिएका कर्मचारी हाल बैकिङ कसुर काण्डमा निलम्ब्नमा रहेका कारण बर्खास्तीको निर्णय नगरिएको जवाफ राष्ट्र बैंकलाई पठाएको छ ।
शम्भु थापा तिनै व्यक्ति हुन्, उनी मेगा बैंकको स्गापनाकालदेखि नै कान्तिपथस्थित मुख्यशाखा कार्यालयको प्रबन्धक थिए । उनैमार्फत बोर्ड र सिईओले अनेकन अनियमितता गर्ने गरेका थिए । उनलाई बोर्ड र सिईओको
कर्तुत थाहा भएका कारण उनलाई कारवाही गर्न सबै डराएको स्रोतको दाबी छ । उनकै मिलेमतोमा टुरिज्म डेभलपमेन्ट बैंकले मेगामा खोलेको खाताबाट नक्कली चेकमार्फत नक्कली हस्ताक्षर गरी १ करोड ९ लाख रुपैंया झिकिएको थियो । सो काण्डमा धादिङ शाखाका प्रबन्धकको योजनामा निज थापा पनि संलग्न भएको प्रहरी अनुसन्धानमा पुष्टि भैसकेको छ । प्रहरीले उनलाई पक्राउ गरी बैकिङ कसुरमा मुद्दा चलाएको र उनी हाल धरौटीमा छुटेका छन् ।
नक्कली हस्ताक्षर पनि
मेगा बैंकभित्र सुशाशनको अभाव र व्यवस्थापकीय कमजोरी यति धेरै छकी त्यहाका कर्मचारीले जे पनि गर्न सक्छन् । बैंक लुट्नेदेखि नक्कली चेक र सेक्सकाण्ड समेतमा कर्मचारीहरु मुछिएकाछन् । उनै थापाले मुख्य शाखा कान्तिपथको प्रबन्धक रह“दा आफ्नी छोरी बिजया थापाको नाममा रहेको १००५०१६९२४८ नम्बरको बचत खाताबाट २०१४ नोभेम्बर १२ मा नियमबिपरित काउन्टरस्लिपबाट ५ लाख ३ हजार २३५ रुपैंया ट्रान्सफर गराएका थिए । जबकी काउन्टर स्लिपबाट एक पटकमा २५ हजारभन्दा बढी झिक्न नमिल्ने नियम छ । अझ सो कारोवारमा त बैंकका ब्यवस्थापकिय तहमा रहेका थापाले छोरीको खाताबाट आफैले हस्ताक्षर गरेर आफ्नी श्रीमती शंकरदेवी थापाको खातामा रकम ट्रान्सफर गराएर झिकेका थिए । जबकी उनले नक्कली हस्ताक्षर गरेर रकम निकालेको थाहा हु“दाहु“दै पनि बैंकले उनीमाथि कुनै कारवाही गरेको थिएन ।
(आर्थिक दैनिक र शेयर बजार साप्ताहिकको सहयोगमा नेप्लिज डट ओआरजीमा खबर छ )
is this a real news or it comes to make controversy?
ReplyDeletewow.......
ReplyDelete