top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

प्रमको चीन भ्रमण ऐतिहासिक हुन्छ – मन्त्री राई

५ चैत । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण दुई देशबीचको आपसी विश्वास, समझदारी र सम्मानका आधारमा नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

नार्कोसी डट कम अनलाइनको आज काठमाडौँमा  उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले प्रधानमन्त्रीको भ्रमणलाई ऐतिहासिक र उपयोगी बनाउन सरकारले आन्तरिक गृहकार्य गरिरहेको बताउनुभयो । 

“यो सरकार बनेलगत्तै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइबाट अगाडि बढाउन उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको भ्रमण गरिसकेको छ ।”– मन्त्री राईले भन्नुभयो । प्रधानमन्त्रीको असन्न भ्रमण यही चैत ७ गतेदेखि १४ गतेसम्म हुने तय भएको छ । 

भ्रमणका क्रममा नेपालले जारी गरेको नयाँ संविधान, सरकारले चालिरहेको कदमका बारेमा, भूकम्पबाट प्रभावित ध्वस्त भएका संरचना र पुनःनिर्माणबारे समेत छलफल हुने मन्त्री राईले बताउनुभयो ।
“भूकम्पबाट ध्वस्त संरचनालाई पुनःनिर्माण गर्नका लागि हामीलाई भारत र चीन दुवै छिमेकी मुलुकको सहयोग आवश्यक पर्छ । हामीले एउटा देशको विरुद्धमा अर्को देशको कार्ड प्रयोग गर्ने गल्ती गरेका छैनौँ, यी छिमेकी मुलुकसँग नयाँनयाँ सम्भावनाका ढोका खोल्न चाहान्छौँ ।”– उहाँले भन्नुभयो । 

मन्त्री राई प्रधानमन्त्रीको चीन भ्रमणलगत्तै सीमाङ्कनलगायतका विषयलाई टुङ्गो लगाउन बनेको ११ संसदीय समितिलाई पूर्णता दिनका लागि काँग्रेस र मधेसवादी दलसँग छलफल भइरहेको जानकारी दिनुभयो । रासस 

No comments:

Post a Comment