चैत ५ । दोलखाको मुलुङबाट काठमाडौं आउदै गरेको यात्रुबाहक बस शुक्रबार काभ्रेको पाँचखाल–४ केराघारीस्थित सैत्तिस किलोमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको बताईएको छ ।
मृत्यु हुनेमा दोलखा, डाँडाखर्ककी सुष्मा विकको सनाखत भएको छ | अन्य दुई मृतकको सनाखत हुन सकेको छैन । घटनामा थुप्रै यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
७० जना यात्रु बोकेर तीव्रगतिमा आइरहेको बा३ख ७९३८ नम्बरको बसले धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा३९प ८६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको बताईएको छ । बस सडकभन्दा झन्डै १० मिटर तल खसेको छ।
बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चाकलको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
No comments:
Post a Comment