top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

पत्नी जिस्काएको रिसमा साथीको हत्या


काठमाडौं ,२८ फागुन । पत्नीलाई जिस्काएको रिसमा सुर्खेतका घनश्याम आचार्यले नवलपरासीका दयाराम ढकालको हत्या गरेका छन् ।डिल्लीबजारमा सँगै सुरक्षा गार्डका काम गर्दै आएका आचार्य र ढकाल लामो समयदेखि साथीसाथी थिए ।

बुधबार पत्नी मधुलाई जिस्काएको भन्दै आचार्यले ढकाललाई कुटपिट गरेर हत्या गरेपछि उनी आफैं प्रहरी शरणमा पुगेका थिए ।महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार मधुले पहिला पनि ढकालले आफूलाई जिस्काउँदै आएपछि प्रहरीमा उजुरी दिन पतिसँग अनुरोध गरेकी थिइन् । तर, उनले हत्या नै गरिदिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


No comments:

Post a Comment