top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

नेपाल एसीडी सदस्य

काठमान्डौ ,२८ फागुन  ।  एसियाली कोअपरेसन डाइलग (एसीडी)को नेपाल ३४ औं सदस्य मुलुक बनेको छ । थाइल्याण्डको बैंककमा भएको दुई दिने मन्त्रीस्तरीय १४औ बैठकले नेपालको सदस्यता स्विकार गरेको हो । सहयोगका सबै क्षेत्रमा एसियाली मुलुकबीच पारस्परिक निर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले १४ वर्षअघि थाइल्यान्डमा एसीडी स्थापना भएको हो ।

एसियाली मुलुकमा व्यापार तथा वित्त बजार विस्तार र विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धात्मकता वृद्धि गर्दै एसिया महादेशलाई एसियाली समुदायमा रुपान्तरण गर्नु एसीडीको उद्देश्य रहेककाले त्यसमा प्रतिवद्ध नेपाल रहने र सबै कार्यक्रमका सक्रिय सहभागिता जनाउने उपप्रधामन्त्री थापाले बैठकमा जानकारी दिएको उनका कार्यालय सचिव भरतकुमार रेग्मीले जानकारी दिए ।कान्तिपुर दैनिकमा समाचार छ । 

No comments:

Post a Comment