top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

प्रमुख निर्वाचन आयुक्तको सिफारिस पनि फिर्ता


काठमाडौं, २८ फागुन । निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधीप्रसाद यादवको नियुक्तीका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिसलाई सभामुख ओनसरी घर्तीले परिषदमै फिर्ता गरेकी छन् ।संसदको नयाँ नियमावली बनिसकेको तथा संसदीय सुनुवाइ समिति गठन नभएको भन्दै यादवको नियुक्तिका लागि परिषद्ले गरेको सिफारिस सभामुख घर्तिले विहीबार फिर्ता गरेकी हुन् । यादव आयोगका कार्यवाहक प्रमुख हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार  छ ।


No comments:

Post a Comment