काठमान्डौ , २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी ली खछ्याङले विशेष विमान नै काठमाडौं पठाउने भएको छ। चिनियाँ प्रधानमन्त्री लीले भ्रमण टोलीको संख्याप्रति जिज्ञासा राख्दै खबर पठाएका छन् कत्रो विमान पठाउँ ? प्रधानमन्त्री ओलीले चैत ७ गतेदेखि चीनको ५ दिने औपचारिक भ्रमण गर्दैछन् । स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी आएको छ ।खासगरी प्रधानमन्त्रीको भ्रमण टोली तय नहुँदा कत्रो विमान पठाउने भन्नेमा चीन सरकार अन्योलमा छ । चीनले विमानको विषय टुंग्याउन ताकेता गरिरहेको स्रोतले जनायो ।कान्तिपुर दैनिकमा समाचार छ ।
No comments:
Post a Comment