top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

बसमा बम विस्फोट, १६ को मृत्यु


३ चैत । पाकिस्तानी उत्तरपश्चिमी सहर पेसावरमा बुधबार बिहानै एक यात्रुबाहक बसमा भएको बम हमलामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएको  छ । 
सो आक्रमणमा परी अरु करिब दुई दर्जन नागरिक घाइते भएका हुन् । पेसावर पाकिस्तानको एक समस्याग्रस्त सहर हो । त्यहाँ तालिवानहरुले बारम्बार यस्ता आक्रमणका घटना घटाउने गरेका छन् । 
बसमा राखिएको बम अकस्मात विस्फोट भएको र त्यसपछि बसमा आगो लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उनीहरुकाअनुसार बसभित्रै भएको बमबाट कतिपय नागरिक आतङ्कित भई भित्रै बेहोस भएका र उनीहरु आगोमा परेका थिए । 
उक्त बसमा अधिकांश सरकारी कर्मचारी चढेका थिए । उनीहरु सद्दार जिल्लाको बाटो भएर जाने क्रममा बस गुडिरहेका बेला बाटोमै विस्फोट भएको थियो । 
यस आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । तर पाकिस्तानले गएको कम्तीमा पनि एक दशकभन्दा लामो समयदेखि तालिवान आतङ्क झेलिरहेकोले यस आक्रमणमा पनि उनीहरुकै हात हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 
एकजना वरिष्ठ प्रहरी अधिकारी मोहम्मद कासिर जुल्फिकारले दिएको जानकारीअनुसार सो विस्फोटमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ भने अरु करिब २४ जना नराम्ररी घाइते भएका छन् । 
अर्का एकजना प्रहरी अधिकारीले पाकिस्तानको पश्चिमी नगर मार्दनबाट सरकारी कर्मचारीहरु बोकेर सो बस पेसावरतर्फ गइरहेको थियो । 
सरकारी अधिकारी नै बसमा रहेकोले आक्रमण गरेको अनुमान प्रहरीले गरेको छन्  । तर यस विषयमा अनुसन्धान भने भएको छैन । 
पाकिस्तानमा पछिल्लो समयमा त्यहाँका तालिवानहरुले सर्वसाधारणमाथि गर्ने गरेको आक्रमणलाई तिब्र पारेका छन् । रासस÷एएफपी 

No comments:

Post a Comment