top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

आज होली: सामाजिक सद्भाव, मित्रता र प्रेमको पर्वका रुपमा एक आपसमा रंङ खेलेर हर्षोल्लासपूर्वक मनाइँदै


आज फागु पूर्णिमा अर्थात होली पर्व । विजय, खुशी, समृद्धि र प्राप्ति जस्ता जीवनका सकरात्मक पक्षहरुको प्रतीक स्वरुप आपसमा प्रेम र सम्मानपूर्वक विभिन्न रंगहरु लगाइदिई यो पर्व मनाइदैछ ।

तर पछिल्लो समयमा आधुनिक सभ्यताको नाममा हामीले हाम्रा यस्ता परम्परागत मौलिक मूल्य र मान्यताहरु बोकेका चाड पर्वहरुलाई समेत विकृत बनाउँदै लगेका छौं ।

पर्वका नाममा मद्यपान गरि होहल्ला र झैंझगडा गर्ने,आफ्नो खुशीका लागि अरुमाथि जबर्जस्ती गर्ने प्रवृत्तिहरु मौलाउँदै जाँदा होली जस्ता मौलिक चाड पर्वहरुप्रति नै वितृष्णा समेत बढ्दै गएको छ ।

यो हाम्रो पहिचान र सभ्यतामाथिकै प्रहार हो । त्यसैले हाम्रा चाडपर्वहरुलाई सभ्य र मर्यादित बनाउँन हामीबाटै सरकात्मक शुरुवात हुन आवश्यक छ,त्यो पनि आजैबाट ।

No comments:

Post a Comment