top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

बेलायती राजकुमार ह्यारीबाट सूर्योदयको अवलोकन



लम्जुङ, ९ चैत- बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारीले आज लम्जुङमा बिहानको सूर्योदयसँगै प्राकृतिक मनोरमका उत्कृष्ट नमुनाका रुपमा रहेका हिमाली दृश्य अवलोकन गर्नुभएको छ ।

उहाँले सूर्यादयलगायतका मनोरम हिमाली दृश्यलाई आफ्नो निजी मोबाइलमा कैद गर्नुभयो । अन्नपूर्ण दोस्रो, माछापुच्छ«े, लम्जुङ, मनास्लु, हिमचुली र एलएचल्हो हिमाल र सूर्याेदयका दृश्यलाई उहाँले निकै अभिरुचीपूर्वक अवलोकन गर्नुभयो ।

नेपालको औपचारिक पाँच दिने भ्रमणमा चैत ६ गते राजधानी काठमाडौँ आइपुग्नुभएका ह्यारी हिजो लम्जुङ जिल्लाको गौँडा गाविसस्थित लेउरानीमा बास बस्नुभएको हो ।

उहाँले दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकका तर्फबाट सो गाउँबाट सहभागी स्व गन्धुराम तामाङको घरमा बसीे उहाँकी श्रीमती मङ्गली तामाङसँग बेलुकाको खाना खानुभएको थियो ।

सोमबार बेलुकाको असिना पानीले एक्कासि चिसो बनेको वातावरण भए पनि राकुमार ह्यारी बिहानै ५ बजे उठी हिमाली दृश्यको अवलोकन गर्नुभएको थियो । नेपाली परम्पराअनुसार उहाँले आज यहाँ फागु खेल्ने कार्यक्रम छ भने त्यसपछि उहाँ एक घन्टा पदयात्रामा जानुहुनेछ ।

ह्यारी आज पोखरा आउनुहुने

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीका अनुसार पोखरा लामाचौरस्थित बिट्रिस क्याम्पमा हुने एक समारोहमा सहभागी हुन राजकुमार ह्यारी आज पोखरा आउँदै हुनुहुन्छ ।

समारोहमा सहभागी भई ह्यारी आजै काठमाडौंँ फर्कने कार्यक्रम रहेको रेग्मीले जानकारी दिनुभयो । बेलायती राजदूतावासका अनुसार सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न ह्यारी पोखरा आउन लाग्नुभएको हो ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आउनुभएका ह्यारीको पोखरा भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा पोखरेलीले लिएका छन् । रासस

No comments:

Post a Comment