६ चैत । काठमाडौँका विभिन्न ठाउँमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।
कागेश्वरी मनहरामा रामछेवाल प्रसादको कपास बनाउने उद्योगमा आज बिहान विद्युत् चुहावट भई आगलागी हुँदा कपडा पेल्ने मेसिन, जस्ताको टहरा र कपास जलेर करिब छ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै, तारकेश्वर नयरपालिकामा बिजेन्द्र श्रेष्ठको बिजेन्द्र स्टोर किराना पसलमा विद्युत् प्रवाहमा चुहावट भई आगलागी हुँदा पसलमा रहेका सामान जलेर करिब दुई लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ |
No comments:
Post a Comment