चैत ६ । कालोबजारी रोक्न प्रहरीले छापा मार्नथालेपछि त्यसको विरोधमा यहाँका ग्यास विक्रेताले अनिश्चतकालीन हडताल गर्दै ग्यास बिक्रीवितरण ठप्प पारेका छन् ।
व्यापारीले कालोबजारी गरेको सूचनानका आधारमा गत बिहीबार तथा शुक्रबार जनकपुर उपमहानगरपालिका–७ स्थित पूजा जेनर स्टोर, राम चोकस्थित शोभा टेडर्स तथा भ्रमरपुरा चोकस्थित गोपाल जेनर स्टोर्समा प्रहरीले छापा मारी ३३ थान भरिएको ग्यास सिलिन्डर बरामद गरेको थियो ।
प्रहरीले कालोबजारी गरी बढी मूल्यमा ग्यास बेच्ने विक्रेतालाई कारबाही गर्न थालेपछि त्यसको विरोधमा व्यापारीले शुक्रबारदेखि अनिश्चतकालका लागि ग्यास बिक्री वितरण बन्द गरेको छ । कालोबजारी गर्न नपाएका विक्रेताले यसरी होली पर्वको मुखमा आएर ग्यास बिक्री बन्द गरेपछि सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।
स्थानीय प्रशासनले जथाभावीरुपमा ग्यास विक्रेता कहाँ छापा मार्न थालेपछि सोको विरुद्धमा अनिश्चतकालीन ग्यास बिक्री वितरण बन्द गरेको ग्यास विक्रेता महासङ्घका उपाध्यक्ष गणेश बताउनुभयो ।
जनकपुरमा १७५ ग्यास विक्रेता छन् भने १५ हजार ग्राहक रहेका छन् । हिन्दूको महान् चाड होलीको मुखमा आएर ग्यास व्यसायीले हडताल गर्नु, कालोबजारीलाई प्रोत्साहन दिनु उपभोक्ताले आक्रोश व्यक्त गर्दै स्थानीय प्रहरी प्रशासनले कडा रुप लिनुपर्ने माग गरेका छन् । रासस
No comments:
Post a Comment