Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Sunday, March 13, 2016
घट्यो लोडसेडिङ (तालिका सहित)
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङको समय छ ।
सन्निकट एसएलसी परीक्षालाई ध्यानमा राख्दै लोडसेडिङको समयावधि घटाइएको प्राधिकरणले जनाएको हो । यसअघि दैनिक १३ घण्टासम्म लोडसेडिंग हुँदै आएकोमा अब सोमबारदेखि भने दैनिक १२ घण्टा मात्र लाइन जानेछ ।
प्राधिकरणका अधिकारीका अनुसार विद्युत उत्पादन भइरहेका नदीहरुमा जलस्तरको मात्रा बढेको र भारतबाट समेत विद्युत आयात भएकोले लोडसेडिङ घटाइएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयदेखि नै भारतबाट ८० मेगावाट बिजुली आयात हुन थालेको थियो । प्राधिकरणले भारतबाट आएको थप बिजुलीका कारण लोडसेडिङको समय दैनिक २ घण्टासम्म घटाउन सकिने बताए पनि निकै धेरै दिनपछि बल्ल १ घण्टाको दरले उर्जा कटौतिको समय घटाएको हो ।
प्राधिकरणले यसअघि हप्तामा ९१ घण्टासम्म बिजुली काटिरहेकोमा अब भने बढीमा हप्तामा ८४ घण्टा मात्र बिजुली जाने स्पष्ट पारेको छ । अधिकारीहरुले दुईहप्तापछि लोडसेडिङको नयाँ तालिका आउने र त्यसबेला उर्जा कटौतिको समय थप घट्ने दाबी गरेका छन् ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment