top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

खाद्य संस्थानको गोदाममा चामल कुहिँदै, कर्णालीमा भोकमरी

काठमाडौं, ३० फागुन । खाद्यान्न अभावमा खाद्यान्न संकट निम्तिरहँदा बंगलादेशले भूकम्पपीडितका लागि उपलब्ध गराएको चामल कुहिने अवस्थामा पुगेको छ ।भूकम्पीडितले अझै पनि खाद्यान्न अभाव व्यहोर्दै आएका छन् । कर्णाली र भेरीका तीन जिल्लामा यस वर्ष ४० वर्ष यताकै सबैभनदा ठूलो खडेरी परेको छ । यी तीन जिल्लाका ४१ भन्दा बढी गाविसका बासिन्दा प्रत्यक्ष रुपमा खाद्यान्न अभाव झेलिरहेका छन् ।

खडेरीका कारण उत्पन्न खाद्यान्न संकट र अभावपछि कर्णालीका सयौं बासिन्दा रोजगारीका लागि भारतका विभिन्न सहर पसेका छन् । कर्णलीका बासिन्दा खाद्यान्न संकटको सामना गरिरहेका बेला भूकम्पपीडितका लागि बंगलादेशबाट आएको ७८ हजार क्विन्टर चामल कुहिने अवस्थामा पुगेको हो ।नेपाल खाद्य संस्थानको काठमाडौं थापाथलीस्थित सदर गोदाममा १६ हजार तीन सय ८६ क्विन्टल चामल कुहिने अवस्थामा छ ।

 यसैगरी संस्थानको विर्तामोड गोदाममा ६१ हजार चार सय ३३ क्विन्टल र सिरहाको लाहान गोदाममा ४ सय ७० क्विन्टल चामल बिग्रने अवस्थामा छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार  छ ।


No comments:

Post a Comment