काठमान्डौ ,३० फागुन -ट्रान्सपोर्ट नगर स्थापना गर्ने सरकारको तयारी, उपयुक्त क्षेत्रको सुझावसहित आवश्यक सरकारी जग्गा देखाउन व्यवसायीलाई भूमीसुधार मन्त्रीको आग्रह ।भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले सरकारले छिट्टै ट्रान्सपोर्ट नगर स्थापना गर्ने योजना बनाएको बताउँनुभएको छ । व्यवसायीले उपयुक्त किसिमको सरकारी जग्गा देखाए सरकारले छिट्टै ट्रान्सपोर्ट नगर स्थापना गर्ने उहाँको कथन छ ।
सुनसरीको इटहरीमा आयोजित ढुवानी व्यवसायी महासंघ नेपालको ७ औँ साधरण सभामा बोल्दै मन्त्री सुब्बाले ट्रान्सपोर्ट नगर कुन क्षेत्रमा उपयुक्त हुन्छ भन्ने सुझाव सहित आवश्यक सरकारी जग्गा सरकारलाई देखाईदिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
यता ढुवानी व्यवसायीहरुले ढुवानीका क्षेत्रमा देखिएका समस्याको दीर्घकालिन समस्या समाधानको लागि टन्सपोर्ट नगरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । व्यवसायीहरुले देशमा टन्सपोर्ट नगरको स्थापना गरिदिन माग गरेका हुन । देशमा समान ढुवानीको काम गर्दै आएका व्यवसायीहरुले बढ्दो शहरीकरण तथा अव्यवस्थित यातायात सञ्चालनले समस्या झेल्नु परेको भन्दै छुट्टै ट्रान्सपोर्ट नगर स्थापना भए काम गर्न सहज हुने उनीहरुको भनाई थियो ।
व्यवसायीहरुले ढुवानीको विषयमा राज्यको स्पष्ट नीति तथा कानुनको व्यवस्था नहुँदा समस्या झेल्नु परेको बताएका थिए । यस्तै ढुवानी व्यवासायी राजेन्द्र गुप्ताले राजश्व अनुसन्धानको चेकजाँच, भन्सारको प्रज्ञापन पत्र, माल सामानको मुल्यका विषयका ठाउँ अनुसारका विभागहरुले ठाउँ ठाउँमा अवरोध गर्दै दुःख दिने गरेको बताउनुभयो ।
No comments:
Post a Comment