Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 12, 2016
आजदेखि काठमान्डौका सडकमा सुबिधासम्पन्न ३९ वटा हाइटेक मेट्रो बस सन्चालन हुने
काठमान्डौ ,३० फागुन -आजदेखि काठमान्डौका सडकमा हाइटेक बस संचालन हुने भएको छ । यातायात क्षेत्रमा काम गर्दै आएका यातायात व्यवसायीहरुको पहलमा करिव १६ करोडको लागनीमा स्थापना गरिएको महानगर यातायात प्रा.लि.ले नेपालमै पहिलो पटक राजधानी काठमाडौंमा सुविधासम्पन्न हाइटेक मेट्रो सेवाको संचालन गर्ने भएको छ ।
आजदेखि राजधानीमा संचालन हुने ३९ वटा हाइटे मेट्रो बसले पहिलो चरणमा नन स्टप् चक्रपथ परिक्रमा गर्ने भएका छन् ।
मेट्रो बस संचालनमा आएपछी राजधानीको यातायात सुबिधा ब्यबस्थित हुने आशा गरिएको छ । हाइटेक बसले राजधानीका यात्रुलाइ सुबिधासम्पन्न , अत्याधुनिक र सहज यात्राको अनुभूति दिने छन् ।हाइटेक मेट्रो बसमा रहेको ‘लोकेसन ट्रयाकिङ’ सिष्टम सहितको मोबाइल एप्सले यात्रुहरुलाई आफ्नो निवासबाटै निकट दुरीमा रहेको बस र यसमा रहेका यात्रुको संख्याबारे समेत जानकारी दिने भएकाले यात्रुहरुले आफू चढ्ने बसको छनौट निवासबाटै गर्न सक्नेछन् ।
असहज यातायातको समस्या भोगिरहेका राजधानीबासीलाई हाइटेक बस सेवाले केहि सहज हुने महानगर यातायात प्रा.लिले जनाएको छ ।आज चक्रपथ परिक्रमा गरेपनि बस संचालन हुने रुट भने अझै सार्बजनिक गरिएको छैन ।
Labels:
गृह पृष्ठ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment