चैत्र ३ | जंगी अड्डा भद्रकालीमा आयोजित सेवा दल सिनियर डिभिजन ११ औं ब्याचको अन्तिम दीक्षान्त कवाज अवलोकनपछि प्रधानमन्त्रीले एरोबिक्समा बजाइएको अंग्रेजी गीत राम्रो नभएको भन्दै यसको विकल्पमा अर्को प्रयोग गर्न गीत लेखेर दिएका हुन् ।
क्याटेडहरुले कवाज, सामुहिक नृत्य, खुकुरी नृत्य, तेक्वान्दो पीटी प्रदर्शन गरिएको थियो । अन्तिममा प्रस्तुत गरिएको एरोबिक्समा भने अंग्रेजी गीत बजाइएको थियो । त्यसअघिका प्रस्तुतिमा राष्ट्रिय भावनाले भरिएका नेपाली गीत बजाईएको थियो ।
सबै प्रस्तुति हेरिसकेपछि राष्ट्रिय सेवा दलका प्रमुख संरक्षकका हैसियतमा बोल्दै उनले भने, ‘मेरो एउटा सानो सुझाव छ, एरोबिक्स देखाउँदा तपाईंहरुले बजाएको गीत मैले बुझिनँ ।’
त्यसपछि उनले यस्तो भावको गीत होस् भनेर सुनाए–
म मेरो देश बनाउँछु
उन्नत, अझ सुन्दर,
म मेरो देश बनाउँछु
हिमाल, पहाड तराई,
पूर्व–पश्चिम, मेची–महाकाली
मेरा सबै दिदी–बहिनी, मेरा सबै दाजु–भाई
म माया गर्छु सबैलाई,
माया गर्छु मेरो देशलाई
म मेरो देश बनाउँछु
आज (बुधबार) राष्ट्रिय सेवा दलको कार्यक्रममा बजेको एउटा गीत मन नपरेपछि उनले आफैं गीत गाएका हुन् | ।
No comments:
Post a Comment