top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

पोखरामा सबै सार्कका विदेशमन्त्रीहरु !


चैत्र ३ | दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मन्त्रिपरिषद बैठकमा सहभागी हुन ८ वटै सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु पोखरा आइपुगेका हुन्। भारतीय विदेशमन्त्री सुष्मा स्वराज गोरखपुरबाट हेलिकोप्टर चढेर पोखरा अवतरण गरेकी छिन्।

श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स र भुटानका विदेशमन्त्रीहरुलाई नेपाली सेनाको विशेष विमानले काठमाडौंबाट पोखरा ल्याएको हो ।

पोखरा विमानस्थलमा अवतरण गर्दा उनीहरुलाई परराष्ट्रमन्त्री कमल थापाले स्वागत गरेका थिए। सार्क बैठकमा सहभागी हुन आएका पाहुनाहरु पोखराको होटल ग्रान्डमा बस्ने कार्यक्रम रहेको छ।

सार्क विदेशमन्त्रीहरुका लागि बैठक आयोजक नेपालले आजै साङ्ग्रिला रिसोर्टमा रात्रीभोजको आयोजना गर्ने बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओली समेत सो भोजमा सहभागी हुने भएका छन्। उनले आजको रात साङ्ग्रिला रिसोर्टमा बिताउने बताइएको हो ।

No comments:

Post a Comment