top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

नेपाली सेनाकै यस्तो हर्कत, जंगी अड्डामा खैलाबैला !


३ चैत । कार्यालयमा सहकर्मी र बाहिरतिर विपरितलिंगीमाथि कठोर तालिम लिएका सैनिकबाटै दूराचारको कल्पनासम्म पनि गर्न सकिन्न ।
तर, यस्तो भएको छ र रोकिने संकेत पनि छैन् । गैरसैनिक महिलासँग अनैतिक सम्बन्ध विस्तार गरेको प्रमाण भेटिएपछि क्याप्टेन नारायणप्रसाद लामिछाने कोर्टमार्सलमा परेर ३ वर्षका निम्ति बढुवाबाट वञ्चित बनेका  छन् । सेनाभित्र  एउटा प्रतिनिधिमुलक घटना हो ।
सुवेदार कदार बुढाथोकी पनि सहकर्मी युवतीसँग अभिसाररत हुन थालेपछि ५ वर्ष बढुवा हुन नपाउने सजायको भागिदार बनेका हुन् । सिपाही कञ्चन परियारमाथि भने पुरुष सैनिकसँग लहसिएको आरोप लागेको छ । सोहीबमोजिम उनको पदोन्नति २ वर्षको निम्ति रोकिएको समाचार जनअस्था साप्ताहिकमा रहेको छ । मादक पदार्थ सेवन गरी पोस्टबाट बाहिरिएर हवाई फायर तथा सर्वसाधारणमाथि कुटपिट गर्ने क्याप्टेन छत्रजंग कार्कीलाई भने १ तह घटुवा गरिएको बताएको छ । उनी पूवीनेपालमा कार्यरत बुकदल गणमा कार्यरत  थिए । यस्तो उन्मादमा उनलाई साथ दिने अमल्दार राजकुमार बोगटीमाथि पनि कठोर सजाय तोकिएको छ । उनले अब ५ वर्ष बढुवा हुन नपाउने भएका  छन् ।
अर्काेतिर देशभरीका निजामती कर्मचारीको तलबबाट भविष्यको निम्ति केही प्रतिशत रकम जोहो गरिने निकाय कर्मचारी सञ्चयकोषको कथा पनि योभन्दा भिन्न रहेको छैन् । त्यहाँ कामु ११औं तहका हाकिम राजेन्द्र काफ्लेमाथि कन्या राशीको जस्तो स्वभाव देखाउने गरेको अरोप लागेको छ । कोषले पद रिक्तताको विज्ञापन निकाल्दादेखि नै कस्ता केटीले फर्म भरे, सम्पर्क नम्बर के हो नियाल्ने र अभिभावक जसरी निकटता देखाएर घरबार विगार्ने स्वभाव प्रकट हुने गरेको सहकर्मीले नै  टिप्पणी गरेका छन्  ।

No comments:

Post a Comment