top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

१५ तालिवान मारिए


३ चैत । अफगानिस्तानमा तालिवान सशस्त्र विद्रोहीबिरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा परी कम्तीमा पनि १५ तालिवान लडाकू मारिएका छन् । 

अफगान गृह मन्त्रालयद्धारा बुधबार प्रकाशित विज्ञप्तिमा सो जानकारी दिएको समाचारमा जनाइएको छ । 

सन् २०१४ को अन्त्यबाट नेटो सेनाले अफगानिस्तानबाट विदा लिएको छ । अफगानिस्तानमा जारी तालिवानको द्वन्द्वमा अफगान सुरक्षाबलले नै कारबाही गर्दै आएको छ । 

अफगानिस्तानको विभिन्न प्रान्तमा जारी कारबाहीको क्रममा ती आतङ्ककारीहरु मारिएका बताइएको छ । 

यस कारबाहीको क्रम सरकारबलतर्फ कुनै हताहतीको समाचार भने नभएको जनाइएको छ । सुरक्षाबलले यस कारबाहीको क्रममा भारी मात्रामा हताहतियारसमेत बरामद गरेको बताइएको छ । 


अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन । पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ । रासस

No comments:

Post a Comment