top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

लकर सेवाप्रति सर्वसाधारणमा आंशका


चैत्र ३ | संसद  ल्हारक्याल लामाको १४ थान गोली पक्राउ परेपछि लकर सेवाबारे नागरिकमा चौतर्फी आंशका बढन थालेको  छ । मेटल डिक्टेक्टरले चेक जाँच गरेपछि मात्रै वैंक भित्र प्रवेश सुविधा दिइने भएपनि सांसद लामाले गोली कसरी लकरसम्म पुर्याए होलान् यो एक गभ्भीर सवाल उठेको हो ।
अति गोप्य रहने र सम्बन्धित व्यक्तिले मात्रै थाहा पाउने बैंकको लकर सेवा विश्वनियता भएपनि यसको गलत फाइदा उठाउनेहरु पनि रहेका छन् । बैंकहरुलेले लकरको साइज अनुसार बार्षिक १ हजार पाँच सयदेखि ७ हजारसम्म शुल्क लिएर यस्तो सुविधा दिदै आएका छन् | यस्तो सुविधानको जिम्मेवार स्वयम् व्यक्ति हुने नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष एवम् सिटिजन्स वैंकका  सिइओ राजनसिंह भण्डारी बताउछिन ।

पछिल्लो समय भ्रष्टाचारको आरोप खेपेका, आपराधिक गतिविधीमा संग्लन, जालसाजी मुद्दा खेपेकाहरुले समेत लकर सुविधा प्रयोग गर्न थालेको पाइएको छ । यस्ता गतिविधी गर्नेहरु विरुद्ध सम्बन्धित निकायहरुले छानविन थालेको वखत बैंकहरुले उनीहरुको लकर सुविधालाई सिल गर्नै गरेको भण्डारीको भनाई रहेको छ ।

सांसद ल्हारक्याल लामाको लकर प्रकरणले गभ्भीर अपराध गर्नेहरुले समेत लकर सेवाको गलत प्रयोग भइरहेको देखिएको बताएको छ । यस्तो प्रवृत्तिको अन्त्यका लागि लकर प्रयोगकर्ता, बैंक र छानविन गर्ने निकाय चनाखो हुन जरुरी  भएको छ ।

No comments:

Post a Comment