top_rightads

Follow me on Twitter

Wednesday, March 16, 2016

केरा खेतीतर्फ आकर्षित


३ चैत । जिल्लाका किसान व्यावसायिक केरा खेतीतर्फ आकर्षित भएका छन् । 

पहिले धान गहुँ लगाउने किसानले केही वर्षयता व्यावसायिक केराखेती गर्न थालेका हुन् । केराखेतीमा यथेष्ट आम्दानी हुने भएकाले व्यावसायिक रुपमा लागेको महादेवपुरीका किसान लक्ष्मीप्रकाश केसीले बताउनुभयो । 

पानीको सुविधा भए केराखेती गर्न सकिने भएकाले पनि यस क्षेत्रका किसान व्यावसायिक रुपमै लागेका हुन् । व्यावसायिक रुपमा लाग्दा विभिन्न निकायले पनि सहयोग गर्ने र बजार व्यवस्थापन समेत राम्रो भएकाले केराखेतीलाई व्यवसायीकरण गरिएको किसान कर्णबहादुर बूढाक्षेत्रीले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले केराखेतीको पकेट क्षेत्रको रुपमा फत्तेपुर र महादेवपुरी गाविसलाई विकास गर्न लागेको कृषि सेवा केन्द्र कोहलपुरका प्रमुख सशेन्द्र शाहीले जानकारी दिनुभयो । जिल्लामा ४० हेक्टर बढी क्षेत्रफलमा केराखेती गरिँदै आएको छ । कृषि प्रसार अधिकृत धनबहादुर पुनका अनुसार केराखेतीलाई जिल्लाभर विस्तार गर्न र केरामा आत्मनिर्भर बनाउनका निम्ति सीतापुरमा मात्र ४० हजार बढी केराका नयाँ बोट लगाइएको छ । रासस 

No comments:

Post a Comment