५ चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई सुझाव दिएका छन् ।
उनको निजी सचिवालयले आज बिहान मोरङको विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा यादवले लोकतन्त्रमा विश्वास गर्नेहरुले मधेसका समस्या समाधनमा ध्यान दिनुपर्ने बताए । “लोकतान्त्रिक विधिबाट बनेको सरकार संयम भएर अघि बढ्नुपर्छ,” गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने , “आन्दोलनकारी पनि लोकतान्त्रिक विधिबाट चलन सक्नुपर्छ ।”
उनले आन्दोलनका नाममा मधेसलाई अलग बनाउने सपना नदेख्न आग्रह पनि गरे । यादवले सदियौँदेखि कामय रहेको मधेस र पहाडबीचको सुमधुर सम्बन्ध कायम राख्दै सिङ्गो नेपाललाई एक ढिक्का बनाएर लैजाने विषयमा ध्यान दिनुको विकल्प नभएको बताए ।
लामो समयको मधेस आन्दोलनका कारण मुलुकको अर्थतन्त्र जर्जर बनेको भन्दै उनले चिन्ता व्यक्त गरे । यादवले मुलुकलाई समृद्ध बनाउने दिशामा केन्द्रित हुन पनि सबैलाई आह्वान गरे ।
प्रजातन्त्रमा विश्वास गर्नेहरुले संविधान कार्यान्वयनलाई विशेष ध्यान दिए मुलुकमा राजनीतिक स्थिरता कायम हुने उनको भनाइ छ । रासस
No comments:
Post a Comment