top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

समन्वय समितिका अध्यक्षमा आङ सान सुकी !


चैत ५  । म्यानमार प्रतिनिधि सभा अर्थात तल्लो सदनले संसदीय मामिला विकास संयुक्त समन्वय समितिका अध्यक्षमा आङ सान सुकीलाई नियुक्त गरेको छ । 
म्यानमारको सत्ताधारी दल नेशनल लिग फर डेमोक्र्यासीले बिहीबार सो जानकारी दिएको छ । सो समितिमा अन्य आठ जना सदस्य रहेका छन् । 

म्यानमारका नवनियुक्त राष्ट्रपति टिन च्योले बिहीबारबाट सरकार निर्माणको तयारी थाल्नुभएको छ । 

उनि  आगामी पाँच वर्षका लागि म्यानमारको राष्ट्रपतिमा निर्वाचित भएका छन्  । म्यानमारमा दशकौँपछि पहिलो पटक नागरिक राष्ट्रपति निर्वाचित भएको हो । यसअघि त्यहाँ लामो समयदेखि नै सैनिक सरकार रही आएको थियो । 

त्यहाँको संविधानले सुकीलाई भने राष्ट्रपति हुनबाट वञ्चित गरेको छ । यद्यपि यसअघि उक्त संविधानमा संशोधन गरी सुकी नै राष्ट्रपति उठ्ने विषयमा सैनिक सहयोगको वर्तमान सरकारसँग वार्ता पनि भएको थियो । 

तर त्यो सम्भव नभएपछि गत मङ्गलबार राष्ट्रपति पदको लागी निर्वाचन भएको र सुकीको निकतम सहयोगी टिन च्यो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका  थिए  । रासस ÷एपी 

No comments:

Post a Comment