top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

एक महिलामाथि एसिड प्रहार


फागुन २८, दाङको घोराही नगरपालिका २ गुलरियामा गएराति एक महिलामाथि एसिड प्रहार भएको छ ।

दुई अपरिचित व्यक्तिले आफ्नै किराना पसलमा बसिरहेको बेला ३२ वर्षीया रिता चौधरीमाथि एसिड प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले एसिड प्रहारबाट महिलाको दायाँ गाला र गर्धन पोलिएको बताएको छ ।

एसिड प्रहारबाट घाइतेभएकी महिलालाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कुबेर कडायतले एसिड प्रहार गर्नेको पहिचान भनइसकेको र उनीहरुको खोजीकार्य भइरहेको बताएका छन् ।

No comments:

Post a Comment